‘अविरल जनसाहित्य यात्रा–८६’ मा सशक्त प्रगतिवादी कवि जयन्ती स्पन्दन

माघ १३ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ८६ औँ शृङ्खलामा साहित्य सिर्जना, प्रशासनिक नेतृत्व, विभिन्न सङ्घसङ्ठनमा सक्रिय भूमिका, सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेकी अहिलेको समयकी अत्यन्त सक्रिय स्रष्टा एवम् सशक्त प्रगतिवादी कवि जयन्ती स्पन्दनका एक दर्जन कविता गुञ्जिए ।
राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी उपस्थित हुनुहुन्थ्यो भने प्रा.डा.जीवेन्द्र देव गिरी, राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालकी उपाध्यक्ष भूमिका सुब्बा, बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा, कवि तथा गीतकार दीनेश थपलिया, प्रा.जगत्प्रसाद उपाध्याय, विधान आचार्य, डा.रजनी ढकाल, नर्मदेश्वरी सत्याल, अनिल पौडेल, जयन्ता पोखरेल, नमुना शर्मा, डा.मदनप्रसाद सत्याल, डा.प्रदीप के.सी., त्रिलोचन आचार्य, पार्वती रावल, डा.विन्दु शर्मा, डा.सावित्री श्रेष्ठ, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका महासचिव नन्दु उप्रेती, खेमराज निरौला, महेशराज खरेललगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।


राष्ट्रिय जनसांस्कृतिक महासङ्घको गीत बजाएर थालनी गरिएको उक्त विशेष समारोहमा अध्यक्ष राम विनयले कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभएको थियो भने सञ्चालन राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपाल, अविरल जनसाहित्य यात्रा परिचालन समितिका सदस्य ज्ञानु विद्रोहीले गर्नुभएको थियो ।


अविरल जनसाहित्य यात्रा परिचालन समिति संयोजक डा.हरिप्रसाद सिलवालले कविनायकको परिचय दिनुहुँदै सङ्खुवासभा जिल्लामा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाएकी जयन्ती स्पन्दन प्रशासनिक नेतृत्व, सामाजिक तथा रूपान्तरणका लागि क्रियाशील सङ्घसंस्थामा समेत सक्रियता देखाउँदै साहित्य सिर्जना गरिरहेकी र उनको सिङ्गो परिवार नै साहित्यिक माहोलमा रहेको छ । प्रगतिशील एवम् प्रगतिवादी चेतनाका साथ साहित्य सिर्जना गर्ने जयन्तीले कविता, वक्तृता, एकाङ्की, समालोचना, बालसाहित्यमा निरन्तर कलम चलाइरहेकी हुँदा आजको यो विशेष समारोहमा एक दर्जन कविताका साथ प्रस्तुत गरिएको धारणा राख्नुभयो ।


समारोहका अध्यक्ष राम विनयले २०७० चैत्र १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा.मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहितय यात्रा’को आज हामी ८६ औँ शृङ्खला सम्पन्न गर्नलागिरहेका छौँ । देशैभरिका नेपाली प्रगतिवादी साहित्यमा आफ्नो क्षेत्रबाट योगदान गरिरहेका एकजना स्रष्टालाई हरेक महिनाको दोस्रो शनिबार प्रत्यक्ष उपस्थित गराई उनका एक दर्जन कविता सुन्ने र कवितामाथि समीक्षासमेत गरी परिष्कार परिमार्जनमा सघाउ पुर्याउने यो अभियानमा आज नेपाली प्रगतिवादी कविताअभियानमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेकी जयन्ती स्पन्दनलाई प्रस्तुत गरिएको हो । यो विशेष समारोहमा कविता सुनाउने कविका कवितामाथि गरिने समीक्षालाई समीक्षकसँग लिखितरूपमा माग गरी प्रकाशन गर्ने पनि यो विशेष समारोहको उद्देश्य हो । आजको यो विशेष समारोहमा हाम्रो आमन्त्रण स्वीकार गरी उपस्थित भइदिने कविनायक, प्रमुख अतिथि, अतिथिहरू तथा स्रष्टाहरू सबै सबैलाई हार्दिक स्वागत पनि गर्दछु । हामी स्रष्टाले अराजकतावादको विरोध गर्नुपर्ने र सामाजिक रूपान्तरणका पक्षमा स्पष्ट सन्देशसहितका सिर्जना गर्नुपर्ने मान्यतालाई आत्मसात गर्ने स्रष्टाका एक दर्जन कविता र ती कवितामाथिको समीक्षा आज हामी सुन्ने छौँ भन्नुभयो ।


कविनायक जयन्ती स्पन्दनले कविता सिर्जनाको रचनागर्भका बारेमा जानकारी गराउँदै आपूmले कविता सिर्जनाबाटै साहित्ययात्राको थालनी गरेको, वर्तमान समयका बेथिति र विसङ्गतिले चिमोटेपछि कविता सिर्जना गर्ने गरेको, प्राकृतिक सौन्दर्यको धनी रहेको यो देशमा त्यही प्राकृतिक सौन्दर्यको दोहन भइरहेको देखेपछि सिर्जना गर्न बाध्य बनाएको, छोरा नै सबै थोक हो भन्ने र छोरीमाथि विभेद मात्र होइन भ्रूणहत्या नै गर्ने पितृसत्तात्मक चिन्तनले व्यथित बनाएपछि कविता सिर्जना गरेको, मुलुकमा फैलाइएको जातीय विद्वेष अनि अनेक प्रकारका त्रासदीमा बाँच्नुपर्ने विवशताले पनि सिर्जनातर्फ मोडेका, बेअर्थका आन्दोलनले वाक्क पारेका, भ्रष्टाचारको बढोत्तरी भएको, व्यवस्था परिवर्तन भए पनि नेतृत्वको व्यवहारमा परिवर्तन नभएका कारण अपेक्षित रूपान्तरण हुननसकेको, आपूmले सङ्खुवासभामा बिताएको बाल्यकालको सम्झनाले पनि सिर्जनामा प्रेरित गरेको, आपूmले प्रत्यक्ष नभोगे पनि गरिबी र अभाव नजिकबाट नियाल्दा सिर्जना गर्न प्रेरित भएको, बानियानका बुद्धको सालिक ढालिएको त्रासदीले पनि कविता सिर्जनामा प्रेरणा मिलेको, नयाँ नेपालको परिकल्पना साकार नभएको चिन्ताले पनि सिर्जनामा प्रेरित गरेको, महिला विभेद र उत्पीडनका समस्या अनि सँगसँगै देखिएका अतिवादले गर्दा समाज रूपान्तरणमा निषेध र अतिवाद होइन समभाव आवश्यक छ भन्नका लागि पनि कविता सिर्जना गरेको, सबैले आआफ्ना ठाउँमा रहेर जिम्मेवारीअनुसारको इमानदार भूमिका निर्वाह गर्ने हो भने लक्ष्यमा पुग्नसकिन्छ भन्ने लागेर पनि कविता सिर्जना गरेको कविताका रचनागर्भको जानकारीसहित यो विशेष समारोहमा आज आपूmलाई उपस्थित हुने अवसरप्रदान गरेकामा धन्यवाद पनि दिादै ‘ऐँठन’, ‘शैलुङ परिदृश्य’, ‘छोरा, छोरा र छोराहरू नै’, ‘टीकापुर घटना र खण्ड खण्ड त्रासदी’, ‘परिवेश अनिष्टको’, ‘मनभरि कुँदिएको छ खाँदबारी’, ‘जनआह्वान’, ‘महिला समानता एकपटक सबै भन्नुपर्छ’ शीर्षकका आठओटा सुन्दर, शालीन र सशक्त कविता वाचन गर्नुभएको थियो । त्यसैगरी सहयोगी कविहरू डा.जया सत्यालले ‘इतिहासको मानवता’ शीर्षकको, रूपक अलङ्कारले ‘आन्दोलन’ शीर्षकको, जयन्ता पोखरेलले ‘मौन सडक र मानिसहरू’ शीर्षकको र प्रशान्त खरेलले ‘उभिएको छ समय तिम्रोअगाडि’ शीर्षकका त्यस्तै शालीन तर सशक्त कविता वाचन गर्नुभएको थियो ।


वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै समीक्षक डा.रजनी ढकालले अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान ८६ औँ शृङ्खलामा पुगेको छ । यो अभियानमा कुनै वेला आपूm पनि कवि भएर उपस्थित भएकी छु । एकैजना स्रष्टाका एक दर्जन कविता सुन्ने÷सुनाउने र वाचित कवितामाथि टिप्पणीसमेत गरेर कविलाई थप परिष्कृत पार्ने यो अभियानको उद्देश्य सकारात्मक छ । आज हामीले अहिलेको समयकी क्रियाशील स्रष्टा जयन्ती स्पन्दनका एक दर्जन कविता श्रवण गरेका छौँ । मेरो विचारमा कविता निश्चित अर्थमा बाँधिदैन, व्यक्तिको अनुभूति र अर्थलगाइ नै कविताको शक्ति हो । वाचनकलाले पनि कविताको सामथ्र्य उद्घाटन गर्दाे रहेछ । विद्रोह, परिवर्तनका चर्का कुराभन्दा कवितासंवेदनाको प्रखरता आज सुनिएका कविताका विशेषता देखिन्छन् । कवितामा आमा, छोरी हुँदै देश आएको छ र पुस्तान्तरणको कुरा आएको छ । देश बनाउनेहरू स्वार्थप्रेरित भएकामा कवितामा चिन्ता गरिएको छ । पर्यटन प्रवर्धनसहित शासकीय प्रवृत्ति सकारात्मक नभएको कुरा पनि कवितामा उल्लेख भएको पाइन्छ । युद्धले आहत भएको परिवेश र संवेदना जीवन्तरूपमा कवितामा चित्रण गरिएको छ । छोरै चाहिने पितृसत्ताको अन्धविश्वास अनि महिलाको शोषण र छोराहरू चाहिँ आपसमै लडेरै सर्वनाश गरिरहेका छन् भन्ने यथार्थलाई पनि कविताले उजागर गरेको छ । टीकापुर घटनाले उत्पन्न गरेको भयानक त्रासदी मात्र होइन जताततैको सवार्थपरक भिडन्तले परिवर्तन जोगाउने चिन्ता गर्नुपर्ने अवस्थाको चित्रण कवितामा गरिएको छ । आन्दोलन समाज परिवर्तनका लागि हो, विखण्डन र काटमारका लागि होइन भन्ने सन्देश पनि कवितामा सम्प्रेषण गरिएको छ र असल विचारको आन्दोलनका पक्षमा वकालत गरिएको छ । बाल्यकालमा बिताएको खाँदबारी, त्यहाँको प्रकृति, संस्कृति, समाज र परिवेशलाई सुन्दरढङ्गले कवितामा उजागर गरिएको छ । देश, धरती, सडक बोल्दैन तर पनि हामी विभाजित छौँ अनि लडाइँको सीमा के हो र कर्तव्य के हो भन्ने पनि भुलिरहेका छौँ भन्ने यथार्थलाई कवितामा उजागर गरिएको छ र चिन्ता जाहेर गरिएको छ । समाज परिवर्तनको सपना देख्ने तरिकामा नारी हृदयको कोमल संवेदनालाई अभिव्यक्त गरिएको छ । कवितामा देश बनाउने चाहना जताततै अभिव्यक्त भएको छ भने नारीलाई विकृत पार्ने, प्रदर्शनी गर्नेजस्ता नकारात्मक पक्षका विरुद्धमा अनि नारी समानताका पक्षमा वकालत गरिएको छ, महिलामैत्री समाजको आग्रह गरिएको छ । सबै कवितामा महिला संवेदना, देश निर्माणको आग्रह गरिएको छ र कतै कतै प्रगतिवादी चेतना केही कम तर समाज, देश, समुदायप्रतिको संवेदना सुन्दर र प्रखररूपमा अभिव्यक्त भएको पाइन्छ भन्ने धारणा राख्नुभयो ।


प्रमुख अतिथि राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले अविरल जनसाहित्य यात्राको यो छयासिऔँ शृङ्खलामा आज सक्रिय एवम् प्रखर कवि जयन्ती स्पन्दनलाई सुनियो । सरल तरिकाले गम्भीर भाव कवितामा सम्प्रेषण गर्नसकिँदो रहेछ, कवितामै शालीन व्रिद्रोहका माध्यमबाट रूपान्तरणको सन्देश पनि सम्प्रेषण गर्नसकिँदो रहेछ भन्ने अनुभूति पनि कविता सुनिसकेपछि भएको छ । साहित्यले सामाजिक रूपान्तरण अभियानलाई निकै ठुलो बल पुर्याउँछ किनभने स्रष्टाको कलम अत्यन्त तिख्खर हुन्छ । आज पनि नरमपारामा वाँणजस्तै प्रहारक कविता सुन्ने अवसर प्राप्त भएको छ र यो समारोह अत्यन्त प्रवाहपूर्ण र सुन्दर रहेको छ । यो समारोहमा फरक फरक धारका कविता सुनिने गरेका छन् र आजका कविता चाहिँ जीवनजगत्का र राज्यलाई सम्बोधन गरिएका कविता सुनिए । व्यवस्था परिवर्तन भए पनि अपेक्षित रूपान्तरण हुननसकेकोप्रति चिन्ता जाहेर गरिएका कविता सुन्दर रहेका छन् । अहिले पनि फोहोरको डङ्गुर बगेर आउने क्रम जारी रहेको छ र सबै सबैको इमानदार प्रयत्नले समृद्ध देश बनाउने सपना कवितामा उजागर गरिएको छ । आजको यो विशेष समारोहको उपस्थिति पनि गरिमामय रहेको छ भन्ने धारणा व्यक्त गर्नुभयो ।


समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्व तथा समारोहकी कविनायकलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले सिर्जना, प्रशासकीय नेतृत्वदायी जिम्मेवारी, विभिन्न सङ्घसंस्थामा सक्रियता, सामाजिक रूपान्तरण अभियानमा अत्यन्त सक्रिय, अथकित, अविश्रान्त एवम् समयबद्ध अभियन्ता जयन्ती स्पन्दनलाई आज हामीले सुन्यौँ । कवितामा अत्यन्त सपाट, सरल एवम् सुबोध्य भाषाशैलीमा सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने, शालीन विद्रोहका माध्यमबाट परिस्कृत वैचारिकता सम्प्रेषण गर्ने स्पन्दनको पूरै पारिवारिक माहोल साहित्यिक रहेको छ । आठ कक्षामा स्कुल फस्ट गरेपछि पढाइलाई बिट मारेर विवाहबन्धनमा बाँधिनुपरेको पीडालाई पछि छोरीसँगै पढेर दुई विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरी साहित्य सिर्जना तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशील आमा नर्मदेश्वरी सत्याल र आमालाई समेत छोरीसँगै पढ्ने वातावरण मिलाइदिएर अभिभावकत्व प्रदान गर्ने गुणग्राही बुबा डा.मदनप्रसाद सत्यालको उदाहरणीय प्रेरणा र प्रोत्साहन सबै सबैका लागि अनुकरणीय रहेको छ र त्यसैको राम्रो प्रभाव कविलाई परेको छ । उहाँहरूको परिवारको तीन पुस्ता साहित्यमा जोडिइरहेको छ र नर्मदेश्वरी सत्यालले त्यसको नेतृत्व गरिरहनुभएको छ । विद्यार्थीको भविष्यनिर्माणसँग जोडिएको राष्ट्रिय परीक्षा बोर्डको बागमती प्रदेश कार्यालयको नेतृत्व गर्दै व्यस्त जीवन बिताउँदा पनि साहित्य सिर्जनाका अलावा अङ्ग्रेजी साहित्यमा विद्यावारिधिको तयारी लगभग पूरा गरिसकेकी जयन्तीले निकट भविष्यमै विद्यावारिधिको उपाधि पनि पाउँदै हुनुहुन्छ । उहाँ समयको अत्यन्त कुशल र अनुकरणीय व्यवस्थापन गर्ने व्यक्तित्व पनि रहेकी उहाँ हिजो सन्तानले डाँडाकाँडा ढाकुन् भन्ने मान्यता रहेको तर अहिले सन्तान थोरै हुनुपर्ने मान्यता त राख्छ तर छोरा नै नभइनहुने अन्धविश्वास पालेर छोरीको भ्रूणहत्या गरिरहेको त्रूmरतासमेतलाई आफ्ना कवितामा अभिव्यक्त गर्दै सबै कवितामा समसामयिक समाजका विसङ्गत पक्षको उजागर गर्दै समग्र रूपान्तरणका पक्षमा आबाज उठाउनुभएको छ । इख राखेर लक्ष्यभेदनको इमानदार प्रयत्न गर्नेले नै सफलता प्राप्त गर्छन् भन्ने दृष्टान्त बनेको उहाँको परिवार नै अनुकरणीय रहेको छ । कविले वाचन गरेका आजका सबै कवितामा प्रखर राष्ट्रवादी चेतना सम्प्रेषण गर्दै समग्र समाजको रूपान्तरणका पक्षमा आबाज उठाइएको पाइन्छ । आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने, बेथिति र विसङ्गतिमा कडा प्रहार गर्ने र सिर्जनालाई कलात्मक पार्ने कविको लेखनले नयाँपुस्तालाई प्रोत्साहन गर्ने छ । यिनै गुणग्राही अभियन्ता स्रष्टाका बारेमा हामीले सुन्यौँ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ र यो शृङ्खला हामी सबैका लागि धेरै हदसम्म अविस्मरणीय रहेको छ । अब हामी फागुन महिनामा ८७ औँ ‘अविरल जनसाहित्य यात्रा’मा नेपाली प्रगतिवादी साहित्यमा निरन्तर क्रियाशील रहिरहेका र सरकारका पूर्वप्रशासकसमेत रहेका त्रिलोचन आचार्यलाई प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने नै छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *