कार्टुनिस्ट रविन सायमीलाई वासुदेव पुरस्कार

वि.सं. २०७० सालको वासुदेव लुइँटेल पुरस्कार वरिष्ठ व्यङ्ग्य चित्रकार श्री रविन सायमीलाई प्रदान गरिने भएको छ । साउन १४ गते बसेको बासुदेव—विद्यादेव लुइँटेल गुठीको बैठकले सायमीलाई उक्त पुरस्कारले सम्मानित गर्ने निर्णय गरेको हो ।

पुरस्कारको राशि एक लाख एघार हजार एक सय एघार रुपैयाको रहेको छ । बिगत लामो समयदेखि व्यङ्ग्यचित्र मार्फत हास्यव्यङ्ग्यका क्षेत्रमा विशिष्ट योगदान पु¥याएकोमा उहाँको उच्च मूल्याङ्कन गर्दै सम्मानित गर्न लागिएको गुठीले जानकारी दिएको छ ।

सायमीले विभिन्न साप्ताहिक र दैनिक पत्रिकामा चोटिलो एवं बौद्धिकस्तरका व्यङग्यचित्र कोर्दै आउनु भएको छ । उहाँ अहिले नेपाल रिपब्लिक मिडियासँग आबद्ध हुनुहुन्छ ।२०५० सालमा स्थापित गुठीले २०५१ सालदेखि हास्यव्यङग्य साहित्य, अभिनय र व्यङग्यचित्रमा हरेक दुई वर्षमा पुरस्कार प्रदान गर्दै आएको छ ।

हालसम्म मोहराज शर्मा, टेकवीर मुखिया, रामकुमार पाँडे, मदनकृष्ण हरिवंश, गोपालराज मैनाली, केशवराज पिंडाली लगायत दशजना हास्यव्यङ्ग्य स्रष्टाहरू यस पुरस्कारले सम्मानित भइसकेका छन्। पुरस्कार वासुदेव लुइँटेलको जन्मदिनको अवसर पारेर भाद्र २३ गते विशेष समारोहको आयोजना गरी प्रदान गरिने भएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *