ज्ञानमालामा प्रशिक्षण कार्यक्रम सम्पन्न

२०७० माघ १०, काठमाण्डु

image

सामुदायिक सेवा केन्द्र बौद्ध, सामुदायिक प्रहरी बौद्ध, आसरा सुधार केन्द्र तथा ज्ञानमाला स्कूलको संयुक्त आयोजनामा लागुऔषध तथा दुर्व्यसन नियन्त्रण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । ज्ञानमाला स्कूलका शिक्षक बिनोद तिमिल्सिनाको संचालन तथा सामुदायिक सेवा केन्द्र बौद्धका अध्यक्ष रतन लामाको अध्यक्षतामा संचालित उक्त कार्यक्रमका प्रमुख अतिथि महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायव उपरिक्षक श्याम सिंह चौधरी हुनुहुन्थ्यो भने विशेष अतिथिमा ज्ञानमाला स्कूलका प्रिन्सिपल अनिलकुमार सुब्बा, अतिथिहरूमा सामुदायिक प्रहरी सेवा केन्द्र बौद्धका प्रहरी नायव निरीक्षक मनोज कुमार सिंह, लाहुरे टोल सुधार समितिका अध्यक्ष गोविन्द गुरूङ्ग, मेन्दो लामा, सोम ब. लामा, रेवती रमण ढकाल, शान्ति गुरूङ्ग, जिना मादेन लगायत हुनुहुन्थ्यो ।

image

image

लक्ष्मी भण्डारीको स्वागत मन्तव्यकासाथ सुरू भएको कार्यक्रममा ज्ञानमाला स्कूलका प्रिन्सिपल अनिलकुमार सुब्बाले समुदायमा गर्नुपर्ने कर्तव्य पालनाको शिलशिलामा यो कार्यक्रम आयोजना गरिएको र यसबाट भविष्यका राष्ट्रका पहरेदार र निर्माताहरूलाइ लागुऔषधको दुर्व्यसनबाट टाढा राख्न सहयोग पुग्ने बताउनुभयो । आसरा सुधार केन्द्रका काउन्सिलर विनोद अर्यालले लागुऔषध दुर्व्यसन सम्बन्धी डकुमेन्ट्रीका साथमा यसका कारक तत्व र हानीहरूको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

image

image

कार्यक्रमका प्रमुख अतिथि महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायव उपरिक्षक श्याम सिंह चौधरीले अहिले लागुऔषध तथा दुर्व्यसनको खतरा विध्यालयका विध्यार्थीहरूमा बढ्दै गएको र यसको निराकरणको लागी यस्ता कार्यक्रमहरूको जरूरत परेको भन्दै ज्ञानमालाले समुदायमा गर्दै रहेको यस्ता प्रयासहरू प्रति खुसि व्यक्त गर्नुभयो साथै विध्यालयमा अध्ययनरत विध्यार्थीहरूले पनी आफ्नो निर्दिष्ट लक्ष्यमा अडिग रहेर परिवार र समाजको आशा तथा भरोशा नतोडि लागुऔषध तथा दुर्व्यसनको सम्पर्कबाट टाढा रहनु पर्ने बताउनुभयो ।

image

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष रतन लामाले विध्यार्थीहरूले यस्ता कार्यक्रमहरूबाट ज्ञान लिएर सकारात्मकरूपमा प्रयोग गर्दै लागुऔषध दुर्व्यसन तथा अन्य कुलतहरूबाट टाढा बस्न सक्नु पर्ने र लागुऔषधका व्यापारीहरूले विध्यालयमा अध्ययनरत विध्यार्थीहरूलाइ लक्षित गर्दैरहेकाले सदैव सजक र सचेत रहनुपर्ने बताउनुभयो ।

image

Leave a Reply

Your email address will not be published. Required fields are marked *