प्रज्ञा-प्रतिष्ठानमा चिनिया लेखकहरूलाई स्वागत

काठमाडौं-पुस ३
वाङ लि पिङको नेतृत्वमा आएको ६ सदस्यीय चिनिया लेखक सङ्घको प्रतिनिधि मण्डललाई नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा आज विशेष समारोहका बिच स्वागत गरिएको छ ।

image

प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेले पुष्पगुच्छा र कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली ढाका टोपी तथा ढाकाको पछ्यौरा पहि¥याएर चिनिया लेखकहरूलाई स्वागत गर्नुभएको थियो ।

स्वागत समारोहमा कुलपति उप्रेतीले सदियौँ पुरानो चिन र नेपालको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ र समयानुकूल बनाउन यस किसिमको भ्रमण आदान प्रदान आरम्भ भएको बताउनु भयो ।

image

प्रज्ञा-प्रतिष्ठानको निमन्त्रणमा नेपाल आएको चिनिया लेखक सङ्घको प्रतिनिधि मण्डल समक्ष कुलपति उप्रेतीले लेखक सङ्घ र प्रज्ञा-प्रतिष्ठान बिच साहित्यिक एवम् सांस्कृतिक सहकार्यका लागि तत्काल अनुवाद परियोजनाको कार्य थालनी गर्ने प्रस्ताव राख्नु भएको छ ।

नेपाल चिन सम्बन्ध आरम्भ भएको सन् २०१५ मा ६० वर्ष लाग्ने छ । यस अवसरमा नेपाली लेखक र चिनिया लेखकहरूलाई सहभागी बनाएर स्तरीय साहित्यिक कार्यक्रमको आयोजना गर्ने प्रस्ताव गरिएको छ ।

image

स्रष्टाहरूको भ्रमण आदान प्रदान गर्ने, प्रतिनिधि नेपाली आधुनिक कविता र कथाहरू अनुवाद गरी चिनिया भाषामा र चिनिया कविताहरू एवम् आख्यानहरूको अनुवाद गरी नेपाली भाषामा सङ्ग्रह प्रकाशित गर्न प्रस्ताव गरिएको छ ।

चिनिया लेखक सङ्घको प्रतिनिधि मण्डलको प्रमुख वाङ लि-पिङले धन्यवाद ज्ञापन गर्दै हाम्रा साहित्यिक सिर्जना र स्रष्टाहरूो भ्रमण आदान प्रदानले हाम्रा दुबै देश लाभान्वित हुने बताउनु भयो । उहाँले प्रज्ञा-प्रतिष्ठानले राखेको प्रस्ताव सामयिक रहेको र यसलाई यथाशीघ्र प्रक्रियामा लैजाने बताउनु भयो ।

समारोहमा सहभागी प्राज्ञहरू र चिनिया लेखकहरू बिच सामयिक चिनिया साहित्यका बारेमा अन्तरक्रिया गरिएको थियो । वाङ लि(पिङ प्रमुख रहेको प्रतिनिधि मण्डलमा लि जियो पिङ, गे होङ गिउ, वीलिजी बातुका साथै दुई महिला लेखिका चेङ छिओ छिङ र यान सिछे रहेका छन् ।

टोलीले आजै प्रतिनिधि नेपाली लेखकहरूसँग प्रज्ञा प्रतष्ठानको प्रेक्षलयमा भेटघाट र अन्तरक्रिया समेत गरेको छ । अन्तरक्रियाका क्रममा डा. गोविन्दराज भट्राईले एक शताब्दीको नेपाली साहित्य लेखन बारे अवधारणा पत्र को गर्ने कार्यक्रम पनि रहेको छ । टोलीले लुम्बिनी, भक्तपुर, बसन्तपुर दरवार, स्वयम्भु जस्ता सांस्कृतिक र पुरातात्विक महत्त्वका स्थानहरूको पनि अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।
– प्रा.डा. जीवेन्द्र देव गिरी, सदस्य सचिव
   नेपाल प्रज्ञा-प्रतिष्ठान

Leave a Reply

Your email address will not be published. Required fields are marked *