भारतीय साहित्यकारको सम्मानमा कार्यक्रम

काठमाडौं, २०७२ साउन २९ ।

दुई जना भारतीय वरिष्ठ साहित्यकार केदारनाथ सिंह र अरुण माहेश्वरीको सम्मानमा नेपाल प्रज्ञाप्रतिष्ठानले आज एक समारोहको आयोजना ग¥यो ।  

image

प्रज्ञा परिसरमा आयोजित कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले अतिथि साहित्यकार द्वयलाई स्वागत गर्दै यस्तो कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको परम्परा रहेको बताउनु भयो । उहाँले नेपाल प्रज्ञाप्रतिष्ठान र भारतीय साहित्य एकेडेमी बीच सुमधुर सम्बन्ध स्थापित भएको बताउँदै प्रज्ञाप्रतिष्ठानका पदाधिकारीहरूको परिचय दिनु भएको थियो ।

वरिष्ठ साहित्यकार केदारनाथ सिंह भारतीय साहित्यिक एकेडेमीसँग सम्बद्ध हुनुहुन्छ भने अरुण माहेश्वरी ४ हजार भन्दा बढी भारतीय साहित्यिक कृति प्रकाशित गरी सकेको वाणी प्रकाशनसँग सम्बद्ध हुनुहुन्छ ।

भारतीय साहित्यकारद्वय सिंह र माहेश्वरीले आफूलाई प्रज्ञाप्रतिष्ठानले गरेको सम्मानप्रति कृतज्ञता प्रकट गर्नु भएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठान र भारतीय साहित्यिक एकेडेमी मिलेर साहित्यिक एवम् साँस्कृतिक आदानप्रदान गर्दै अनुवादका क्षेत्रमा महत्वपूर्ण कार्य गर्न सकिन्छ’ सिंहले भन्नु भयो । उहाँले कविता आवाजमा भन्दा, सुन्दा र बुदा तिन किसिमको अर्थ लाग्ने बताउँदै आफ्नो एउटा कविता सिर्जना वाचन गर्नु भएको थियो ।

अतिथि अरुण माहेश्वरीले महाकवि देवकोटाका कृति एवम् नेपाली भाषाका उत्कृष्ठ आख्यानात्मक कृतिहरू हिन्दीमा अनुवाद प्राप्त भए वाणी प्रकाशनले प्रकाशित गर्ने, तत्सम्बन्धमा एकेडेमीले योजना बनाओस् भनी सुझाव दिनु भएको थियो ।

कुलपति उप्रेतीले प्रज्ञा प्रतिष्ठानका तर्फबाट अतिथिद्वय केदारनाथ सिंह र अरुण माहेश्वरीलाई कलात्मक काष्ठ झ्याल एवम प्रज्ञाका प्रकाशनहरू उपहार प्रदान गर्नु भयो ।

कार्यक्रममा उपकुलपति डा.विष्णुविभु घिमिरे, प्राज्ञहरू श्री अमर गिरी, श्री श्रवण मुकारुङ, श्री मातृका पोखरेल, श्री नरनाथ लुइँटेल र अधिकृत सन्ध्या पहाडीले कविता वाचन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *