साहित्य सन्ध्या पुरस्कार ‘आनन्ददेव भट्ट’ र ‘नमुना शर्मा’लाई

रमेश पोखरेल, साहित्य सन्ध्या, काठमाडौँ
मिति : २०७२।५।५

२०७१ सालको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण विशेष समारोह भदौ ५ गते शनिवार अपराह्न १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष समारोहका मुख्य अतिथि सामान्य प्रशासन मन्त्री माननीय लालबाबु पण्डित हुनु हुन्थ्यो भने विशिष्ट अतिथिमा वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् संस्कृतिविद् डा.मोदनाथ प्रश्रित र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती उपस्थित हुनु हुन्थ्यो ।
साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा अतिथिका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी, एमाले केन्द्रीय सदस्य एवम् संस्कृति विभाग प्रमुख तथा राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई, वरिष्ठ साहित्यकार प्रदीप नेपाल, सांस्कृतिक संस्थानका महाप्रप्रन्धक राजेश थापा, वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्ट, साहित्यकार एवम् गायिका नमुना शर्मा, प्रा.डा.कृष्णप्रसाद घिमिरे, प्राज्ञ अमर गिरी, प्राज्ञ माधव प्रधान, डा.मदनप्रसाद सत्याल, प्राज्ञ नर्मदेश्वरी सत्याल, जन साहित्यिक मञ्च नेपालका महासचिव विनोद मञ्जन, साहित्यकार एवम् सभासद् शान्ता मानवी, साहित्यकार शान्ता श्रेष्ठ, साहित्यकार हरिहर खनाल, डा.फणीन्द्र निरौला, राष्ट्रिय जन सांस्कृतिक महासङ्घकी कोषाध्यक्ष भूमिका सुब्बा, मदन भण्डारी कला साहित्य प्रतिष्ठानका सदस्य अनिल पौडेल र हरिप्रसाद भण्डारी, शब्दाङ्कुर साहित्यिक मासिकका प्रधान सम्पादक धीरकुमार श्रेष्ठ, वरिष्ठ कवि उमेश उपाध्याय अनि सम्मानित हुने स्रष्टाहरू वासुदेव अधिकारी, पूर्ण विराम, लिखत पाण्डे, डा.पुरा सेढाईँ र प्रगतिशील लेखक सङ्घका महासचिव मित्रलाल पंज्ञानी उपस्थित हुनु हुन्थ्यो ।

image

image

उपस्थित सम्पूर्ण व्यक्तित्वलाई साहित्य सन्ध्याका सदस्य भागवत आचार्यले स्वागत गर्नु भएको थियो । प्रमुख अतिथि माननीय मन्त्री लालबाबु पण्डितले सभाकक्षको बत्तीको स्विच अन गरेर उक्त विशिष्ट समारोहको समुद्भाटन गर्नु भएको थियो भने सम्मानित स्रष्टाहरू वासुदेव अधिकारी, पूर्ण विराम, मित्रलाल पंज्ञानी र लिखत पाण्डेले आआफ्ना कविता वाचन गर्नु भएको थियो ।
image

image

२०७१ सालको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण गर्ने प्रयोजनका लागि प्राज्ञ अमर गिरीको संयोजकत्वमा प्राज्ञ सानु पहाडी र उपप्रा.रुपक अलङ्कार सदस्य रहेको स्रष्टा चयन समिति गठन गरिएको र उक्त समितिले गरेको सिफारिसका आधारमा चितवनमा रहेर नेपाली प्रगतिवादी साहित्यको लेखन, गायन तथा मेचीमहाकाली जागरण अभियानकी अभियन्ता नमुना शर्मालाई पुरस्कार अर्पण गर्ने निर्णय साहित्य सन्ध्याको कार्य समितिले गरेको थियो ।
image

image

पुरस्कृत साहित्यकार नमुना शर्माको व्यक्तित्व तथा कृतित्वका बारेमा प्राज्ञ एवम् स्रष्टा चयन समितिका संयोजक अमर गिरीले प्रकाश पार्नु हुँदै मोफसलमा बसेर र पारिवारिक प्रतिकूलताका बाबजुद नेपाली प्रगतिवादी साहित्यको उत्थानमा सम्पूर्ण रूपले समर्पित रहेकी नमुनाले जनवादी गीत गायनका माध्यमबाट मेचीमहाकाली जागरण अभियानमा समेत नेतृत्वदायी भूमिका सहित सामाजिक रूपान्तरण अभियानमा महत्त्वपूर्ण योगदान गर्नु भएको ठहर गरी उहाँलाई पुरस्कार तथा सम्मानका लागि सिफारिस गरिएको धारणा राख्नु भयो ।
image

image

image

वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको व्यक्तित्वमाथि प्रकाश पार्नु हुँदै प्रा.डा.कृष्णप्रसाद घिमिरेले नेपालको दूर्गम ठाउँ जुम्लाको खलङ्गामा १९९३ मा जन्मनु भएका आनन्ददेव भट्टले देशैभरि विभिन्न स्थानमा रहेर प्राध्यापन गरी चेतना र जागरण अभियानको नेतृत्व लिनु भएको, बाहिर सरल र शालीन देखिए पनि उहाँको आन्तरिक व्यक्तित्व ज्यादै सबल रहेको; उहाँको राजनैतिक, शैक्षणिक र वैचारिक व्यक्तित्वका कारण देशभरिका धेरै सङ्घसंस्थाले उहाँलाई सम्मान तथा पुरस्कार प्रदान गरेका; २०२२ देखि ३० सालसम्म चितवनको वीरेन्द्र इन्टर कलेजमा प्रमुखका रूपमा रहँदा कम्युनिस्ट विचार सम्प्रेषण गरी जनतालाई जागृत गराएको आरोपमा पटक पटक पुलिस प्रशासनले दुख दिएको र उहाँलाई थाहा जानकारी नै नदिई काठमाडौँ सरुवा गरि दिएको, उहाँले सरल एवम् मिठास युक्त शैलीमा अङ्ग्रेजी विषय पढाइ दिने भएकाले विद्यार्थीका प्रिय गुरुका रूपमा चिनिनु भएको; चर्चित कविता सङ्ग्रह, सशक्त वैचारिक निबन्ध, प्रखर एवम् निडर समालोचना लेखी सङ्ग्रह प्रकाशित गरी नेपाली प्रगतिवादी साहित्यमा विशिष्ट योगदान गर्नु भएको; दर्शन, राजनीतिक लेख तथा बाल साहित्यमा समेत उहाँको लेखनी सशक्त रहेको; विभिन्न व्यक्तिका अन्तर्वार्ताहरू लिएर जनता जागृत गर्ने कार्य गर्नु भएको; पश्चिमी चिन्तनलाई पूर्वीय समाजमा सरलताका साथ भित्र्याउने अत्यन्त सफल स्रष्टा आनन्ददेव भट्टको यो विशिष्ट क्षमता निर्माणमा उहाँकी जीवन सङ्गिनी सुशीला भट्टको ज्यादै ठुलो योगदान रहेको छ । यस्ता विशिष्ट साधकलाई साहित्य सन्ध्यामन पुरस्कार तथा सम्मान’ गरिनु ज्यादै अनुकरणयीय कार्य भएको धारणा राख्नु भयो ।
image

image

साहित्य सन्ध्याले हालसम्म साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ प्राप्त गर्नु हुने ३२ जना स्रष्टा र साहित्य सन्ध्यामन पुरस्कार तथा सम्मान’ प्राप्त गर्नु हुने दुई जनाको परिचय समेटिएको पुस्तकको दोस्रो संस्करण देवी नेपालले तयार पार्नु भएको थियो । उक्त ऐतिहासिक पुस्तकको लोकार्पण प्रमुख अतिथि माननीय मन्त्रीले गर्नु भयो र उक्त पुस्तकका बारेमा देवी नेपालले सङ्क्षिप्त जानकारी दिनु हुँदै सबै स्रष्टा समेटेर लेख्नु भएको कविता वाचन गर्नु भएको थियो ।
२०७१ सालको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ नमुना शर्मालाई अर्पण गर्दै साहित्य सन्ध्याका अध्यक्ष राम विनयले माला लगाइ दिनु भयो, विशिष्ट अतिथि डा.मोदनाथ प्रश्रितले दोसल्ला ओडाइ दिनु भयो भने प्रमुख अतिथिले सम्मान पत्र तथा दश हजार राशिको पुरस्कार अर्पण गर्नु भयो । त्यसै गरी वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टलाई सम्मान गर्नु हुँदै साहित्य सन्ध्याका अध्यक्ष राम विनयले माला लगाइ दिनु भयो, विशिष्ट अतिथि डा.मोदनाथ प्रश्रितले दोसल्ला ओडाइ दिनु भयो भने प्रमुख अतिथिले दश हजार राशिको पुरस्कार तथा सम्मान पत्र अर्पण गर्नु भयो । image

image

त्यसै गरी साहित्य सन्ध्याको काठमाडौँमा प्रारम्भ हुँदादेखि हालसम्मका अविश्रान्त अभियन्ता वासुदेव अधिकारी र वरिष्ठ कवि एवम् प्राज्ञ पूर्ण विरामलाई राम विनयले माला लगाइ दिनु भयो, विशिष्ट अतिथि डा.मोदनाथ प्रश्रितले दोसल्ला ओडाइ दिनु भयो भने प्रमुख अतिथिले सम्मान पत्र अर्पण गरी सम्मान गर्नु भयो । सम्मानित व्यक्तित्वहरू लिखत पाण्डे, डा.पुरा सेढार्इँ र मित्रलाल पंज्ञानीलाई राम विनयले माला लगाइ दिनु भयो, विशिट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले दोसल्ला ओडाइ दिनु भयो भने प्रमुख अतिथिले सम्मान पत्र अर्पण गरी सम्मान गर्नु भयो ।
‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा सम्मानित हुनु हुने नमुना शर्माले आफूलाई सम्मान तथा पुरस्कार दिने गरी छनोट गर्ने पुरस्कार चयन समिति र साहित्य सन्ध्यालाई हार्दिक धन्यवाद दिनु हँुदै यो पुरस्कार तथा सम्मानले आफूमा थप जिम्मेवारी बढेको महसुस भएको, बैतडीमा निर्वाचनका वेला पुगी आपूmले गायनका माध्यमबाट थोरै सहयोग गर्न पाएकी अग्रज र वरिष्ठ साधक आनन्ददेव भट्टसँगै सम्मानित हुने अवसर प्राप्त भएकोमा गौरव बोध भएको, समाजमा सांस्कृतिक मूल्य र मान्यता ह्रास भइ रहेको वर्तमानमा हामीले थप जिम्मेवारीका साथ काम गरी समुन्नत समाज निर्माण गर्नु पर्ने हुँदा यो अभियानमा आफू निरन्तर लागि रहने धारणा व्यक्त गर्नु भयो र एउटा सुन्दर गीत गाउनु भयो ।
सम्मानित व्यक्तित्व एवम् वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टले जनस्तरको स्पष्ट जिम्मेवारी बोध गरी सामाजिक रूपान्तरण अभियानको सोद्देश्यमूलक यात्रामा रहेको संस्थाद्वारा स्थापित साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ प्राप्त गर्नु नै गौरवको कुरा हो भन्नु हुँदै आफ्नो जीवन कालमा जे जति काम गर्न सकियो अब बाँकी अवधि पनि मातृभूमि र जनताप्रति समर्पित भई इमान र निष्ठाका साथ सेवा गरि रहने दृढता व्यक्त गर्नु भयो ।
image

image

image

समारोहका प्रमुख अतिथि सामान्य प्रशासन मन्त्री माननीय लालबाबु पण्डितले आफू साहित्यकार नभएकाले पहिले साहित्य सन्ध्याले प्रमुख अतिथि बनि दिन आग्रह गर्दा गारो मानेको, भावना आफूसँग पनि रहेको तर अभिव्यक्त गर्ने शैली भने फरक रहेको, साहित्यकारको भावनाको सम्मान भने आफूले सदैव गर्ने गरेको, सामाजिक सांस्कृतिक रूपान्तरणको कुरा गर्न जति सजिलो छ तर त्यसलाई आफैँबाट व्यवहारमा उतार्न भने कठिन रहेको हुँदा यसको अगुवाइ कसै न कसैले गर्नै पर्ने हुन्छ । अहिले मुलुकमा एउटै व्यक्ति धेरै जिम्मेवारीमा बस्ने र राष्ट्रघात गर्ने प्रवृत्ति बढेको अर्थात् अपराध बढेको, आफू शुद्ध हुने हो भने लक्ष्यमा पुग्न सकिने, आफूले डिभी, पिआर लिने कर्मचारीले देशका प्रति अपराध गरेकाले तिनीहरू विरुद्धको कानुन ल्याउन खोज्दा दुई घण्टामा मारि दिने भन्नेसम्मको धम्की आएको तर आफू विचलित नभएको दृष्टान्त दिँदै सिर्जनाका माध्यमबाट देशको समृद्धिमा लाग्नु हुने तपाईँ स्रष्टाहरूलाई म आत्म गौरवका साथ सम्मान गर्छु । देशको नागरिक भइ दिएर मात्र हाम्रो दायित्व पुरा हुँदैन, अहिले रातारात कर्मचारी देश छाडेर भाग्दै छन्, विस्तारै राजनीतिक नेता पनि भाग्छन्, ऐन रूपी मूल ढोकाबाट पसेपछि कोठाचोटा मात्र होइन बुइगलसम्म पुगिन्छ र अब मुलुकमा सबै क्षेत्रमा गरी दश हजारको रोजगारी सिर्जना हुन्छ, श्रम बैङ्क स्थापना र रेमिट्यान्सलाई नियमन गरी हुन्डी बन्द गर्न सक्ने हो भने कुनै पनि युवाले रोजगारीका लागि अरब जानु पर्ने छैन । अहिले हाम्रो देशका केही किटाणुलाई जात, रूप, क्षेत्र र रङले छोएको छ, राष्ट्र टुक्र्याउनेसँग कुनै प्रकारको सम्झौता गर्नु हुँदैन, सङ्कटको वेलामा हामी नेपाली सबै एकजुट हुनु पर्छ र देशलाई समृद्धितर्फ, अनुकूलतातर्फ लैजानु पर्छ, त्यसनिम्ति तपाईँ साहित्यकारहरू लागि रहनु होस्, सफलता अवश्य हात लाग्छ भन्नु भयो ।
image

image

image

विशिष्ट अतिथि डा.मोदनाथ प्रश्रितले सम्मानित स्रष्टाहरूलाई हार्दिक बधाई दिनु हुँदै एक जना व्यक्ति सज्जन भइ दिँदा राष्ट्र बन्छ तर दुर्जनका हातमा देश पर्दा बर्बाद हुन्छ । अहिले हाम्रो समाज भने अग्रगतितर्फ बढेको छ, नेताहरू देशका प्रति समर्पित होलान् भन्ने जन अपेक्षा ठुकरिएको छ, यद्यपि देश टुक्र्याउनेहरू आफैँ खण्डित भइ रहेका छन् । सिङ्गो देश र जनतालाई आफ्नो नठान्ने नेता कसरी देशको नेता हुन सक्छ ? हामी स्रष्टाले निष्ठावान् भई कलम चलाउने हो भने अन्ततः देश समुन्नत हुन्छ, हामी हाम्रा लेखनीका माध्यमबाट अखण्डताका पक्षमा र विखण्डनका विरुद्धमा लागि रहौँ, नेपालीको एकताका पक्षमा वकालत गरौँ, नेतृत्वकमा त्याग र समर्पण आवश्यक छ भन्ने चेतना सम्प्रेषण गरि रहौँ । त्यसो गर्न सकियो भने कम्तीमा हामी स्रष्टाले दायित्व बोध नगरेको महसुस गर्नु पर्दैन भन्नु भयो ।
image

image

image

साहित्य सन्ध्याका अध्यक्ष एवम् सभाध्यक्ष राम विनयले २०३३ सालमा राजविराजमा नेपाली भाषाको संरक्षण र सम्वर्धन गर्ने उद्देश्यले सञ्चालन भएको साहित्य सन्ध्या त्यो अभियानका अभियन्ता काठमाडौँ आएपछि प्रगतिवादी साहित्यको उत्थान र समग्र सामाजिक रूपान्तरण अभियानको स्पष्ट उद्देश्यका साथ सञ्चालन भएको, राजविराजमा संस्था स्थापना गर्दा योगदान गर्नेहरूलाई दुई चरणमा सम्मानित गरिएको र काठमाडौँमा सञ्चालन हुन थालेपछिका अभियन्ताहरू पाँच जनालाई गत वर्ष र छ जनालाई यस वर्ष गरी सम्मानित गरिएको अर्थात् उहाँहरूले गर्नु भएको योगदानको सम्मान गरिएको, सम्मानित व्यक्तिहरूको पुस्तिका तयार पारिएको, अर्काे वर्ष पुरस्कार तथा सम्मान प्राप्त गर्नु हुने, सम्मानित हुनु हुने र साठी वर्ष नाघेका स्रष्टालाई २०६४ मा गरिएको सम्मान समेतको विवरण प्रकाशित गरिने जानकारी दिनु भयो र उपस्थित भइ दिने सबै सबैलाई हार्दिक धन्यवाद दिँदै समारोहको समापन गर्नु भयो ।
image

image

image

Leave a Reply

Your email address will not be published. Required fields are marked *