श्री नेहा लामालाई ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’ अर्पण गरिने

सृजना तामाङ तथा विकास लामाकी सुपुत्रीका रूपमा अत्यन्त विपन्न परिवारमा काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं.९ (साविक दाप्चा छत्रेबाँझ)मा जन्मिएर पनि सानैदेखि अनुशासित, लगनशील, व्यवहारिक, इमानदार, निष्ठावान् मात्र होइन अत्यन्त मिहिनेती विद्यार्थीका रूपमा चिनिन सफल भई आपूmसरहका अन्य विद्यार्थीकी प्रेरणाकी स्रोतसमेत बन्न सफल हुनुभएकी लर्निङ जोन एकेडेमी, रानीबारी, काठमाडौँकी कक्षा ६ की छात्रा नेहा लामालाई यस वर्ष २०७४ को ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’ अर्पण गरिने भएको छ । उक्त सम्मान तथा पुरस्कार यही २०७५ भाद्र २ गते अपराह्न ठिक १ बजे राष्ट्रिय नाचघरमा आयोजित विशेष समारोहमा अर्पण गरिने छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *