साहित्य सन्ध्याकोे ४४६औँ शृङ्खला सम्पन्न

विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे अविश्रान्त यात्राको ४४६औँ शृङ्खला पुस ७ गते शनिबार अपराह्न ठिक १ बजे रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा ‘नेपाली बालसाहित्यका शीर्षस्थ धरोहर शान्तदास मानन्धरको योगदान’माथि अत्यन्त विशद चर्चासहित बालकविगोष्ठीको आयोजना गरी सम्पन्न गरियो ।


सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा साहित्यकार माननीय रघुजी पन्त र विशेष अतिथिमा प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ उपस्थित हुनुहुन्थ्यो भने अतिथिका रूपमा पूर्वमन्त्री एवम् साहित्यकार शान्ता मानवी, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, भाषा आयोगकी सदस्य माननीय आभा सेतु सिंह, प्राज्ञ विष्णु प्रभात, प्रा.मदनसेन बज्राचार्य, प्रा.डा.ध्रुवकुमार घिमिरे, डा.प्रदीप के.सी., प्रा.डा.मुकेश चालिसे, वासु मानन्धर, दीपा मानन्धर, रामकृष्ण डङ्गोल, नमुना शर्मा, खेमराज निरोला, महेशराज खरेल, डा.गोविन्दप्रसाद आचार्य, नर्मदेश्वरी सत्याल, तुलसी सायमी, डम्बर पहाडी, जयन्ती स्पन्दन, विन्दु अधिकारी ढकाल, ओमप्रसाद कोइरालालगायतको उपस्थिति रहेको थियो ।


नेपाली बालसाहित्यका शिखर पुरुष शान्तदास मानन्धरको सम्झना तथा सम्मानमा एक मिनेट मौनधारण गरी तीन वर्षीय बालकवि सानिध्या के.सी.को कवितावाचनबाट थालनी गरिएको उक्त विशेष समारोहमा शान्तदास मानन्धरको नेपाली साहित्यमा रहेको योगदानका बारेमा चर्चा गर्दै प्रमुख अतिथि मा.रघुजी पन्तले शान्तदास मानन्धरले गोर्की र चिनियाँ साहित्यकार लुसुनका कृतिको नेपाली अनुवाद गर्नुभएर, शृङ्खला पत्रिकाको प्रकाशन, बालकोसेलीको झण्डै १०० अङ्क प्रकाशन, २०० भन्दा बढी बालसाहित्यका कृति दिनुका साथै सोर–सत्र वर्ष विद्यालयको प्रधानाध्यापक भएर शिक्षण सेवाका माध्यमबाट समेत सेवा गर्नुभएको छ । उहाँको प्रखर निबन्धकार व्यक्तित्व पनि रहेको छ तापनि पछिल्लो समयमा उहाँले आपूmलाई बालसाहित्यमै केन्द्रित गर्नुभएको, सादा जीवन तथा उच्च विचारको सिद्धान्तलाई आत्मसात गर्नुभएको, राजनीतिको समेत सूक्ष्म विश्लेषण गर्ने प्रगतिशील बामपन्थी विचारक उहाँ बालबालिका भनेका भोलिका देशका भविष्य हुन् भन्ने मान्यता राख्ने, सोच्ने र लेख्ने पनि स्रष्टा हुनुभएको धारणा राख्नुभयो । त्यसैगरी उहाँ बालसाहित्य पढ्दा अभिनयात्मक शैलीको प्रयोग गर्ने, राम्रो मान्छे बन्नका लागि कला साहित्य पढ्नै पर्ने धारणा राख्ने, भाषाको विविधता भएको हाम्रो समाजमा मातृभाषाको संरक्षण आवश्यक छ भन्ने स्पष्ट मान्यता राख्ने उहाँका नेवारी भाषामा पनि कवितासङ्ग्रह प्रकाशित भएका छन् । कुनै पनि कृति छाप्नुअघि स्तरीयताको अत्यन्त ख्याल गर्ने; लेखाइ, भाव र साजसज्जा पनि आकर्षक हुनुपर्ने मान्यता राख्ने बालबालिकाप्रतिको समर्पण भाव भएका व्यक्तित्व हुनुभएको हुँदा उहाँको घर नेपाली प्रगतिशील साहित्यको उत्थानमा छलफल गर्ने थलो बन्नपुगेको थियो । बालबालिका पनि कलापारखी हुनेभएका हुँदा उनीहरूलाई उपदेशात्मक होइन, सन्त्रासपूर्ण पनि होइन, भ्रमपूर्ण पनि होइन तथ्यपरक सिर्जना पढ्न दिनुपर्ने धारणा राख्नुहुने; नेपाल–चीन सम्बन्धका बारेमा स्पष्ट दृष्टिकोण निर्माता, बहुआयामिक प्रतिभा पनि उहाँ रहनुभएका कारण उहाँको साधनामा परिवारको ठुलो सहयोग रहेको धारणा राख्नुभयो ।


प्रा.डा.ध्रुवकुमार घिमिरेले नपाली बालसाहित्यका शिखर व्यक्तित्व शानतदास मानन्धरलाई तीन–चारओटा संस्था मिलेर ‘बालसाहित्य रत्न’ उपाधि प्रदान गरिएको, उहाँ नेपाली बालसाहित्यको स्कुल नै साबित हुनुभएको, कला, सिर्जना र शब्दका हिसाबले उहााको सिर्जना उत्कृष्ट रहेको; ‘जे लेखिनछ त्यो स्वयम् लेखकको भोगाइ होस्’ भन्ने मान्यता राख्ने अनि बालबालिकालाई तिम िहोइन तपाईँ भन्नुपर्ने धारणा राख्ने अत्यन्त अनुकरणीय व्यक्तित्व हुनुभएका हुँदा उहाँले प्रकाशन गनृुभएको ‘बालकोशेसेली’लाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो ।


तुलसी सायमीले शान्तदास मानन्धर बालबालिकालाई र देशलाई माया नगर्नेलाई घृणा गर्नुहुने, अत्यन्त कुशल कथाकार, निबन्धकार हुनुका साथै बालकलाई पाच्य नहुने कुरा लेख्नै नहुने भन्ने धारणा राख्ने, व्यक्तिभन्दा माथि उठेको संस्था साबित हुनुभएको र दुःख पाएकाहरूको पक्षमा वकालत गर्ने सरल व्यक्तित्व भएको धारणा राख्नुभयो ।


समारोहमा ३ वर्षकी सानिध्या के.सी., ५ वर्षकी माहिसा रेग्मी, ७ वर्षकी मनुषा भट्ट, ११ वर्षकी आराध्या सिग्देल, १० वर्षकी सपना तामाङ, कक्षा ११ मा पढ्ने ऋचा अधिकारी, कक्षा ११ कै सुकृति पोखरेल, कक्षा ८ की सोइना दाहाल, कक्षा ६ की प्रनिसा रेग्मी, ८ वर्षका बबिक भट्ट, ९ वर्षकी रश्मि भट्ट, ७ वर्षका इडेन कायस्थ र ११ वर्षीय सुविज्ञ शर्माले अत्यन्त सुन्दर लय तथा भावभङ्गिमामा आआफ्ना कविता, गीत, चित्रकथा सुनाउनुभएको थियो भने प्रा.डा.ध्रुवकुमार घिमिरे, ललिता दोषी, जयन्ती स्पन्दन, मनोज जोशी, जगत् वाशिष्ट, रामकुमार पण्डित, डा.गोविन्दप्रसाद आचार्य, गोपालकुमार मैनाली, नर्मदेश्वरी सत्याल र प्रा.जगत् उपाध्यायले बालबालिकाका लागि लेख्नुभएका कविता, गीत, चित्रकथा वाचन गर्नुभएको थियो ।


शान्तदास मानन्धरको नेपाली बालसाहित्यमा रहेको योगदानका बारेमा थप प्रकाश पार्नुहुँदै र वाचित रचनामाथि टिप्पणी गर्नु हुँदै विशेष अतिथि प्रा.जगत्प्रसाद उपाध्यायले साहित्य सन्ध्याको अविश्रान्त यात्राको ४४६ औँ शृङ्खला आज विशेष र फरक प्रकारको भएको भन्नुहुँदै वि.सं.१९९१ वैशाख २८ गते काठमाडौँको झोँछेमा माता मथुरी मानन्धर र पिता चिनियाँभाइ मानन्धरका सुपुत्रका रूपमा जन्मिएका शान्तदास निम्नमध्यमवर्गीय सहरी परिवारमा जन्मिएका र परिवारको एक्लो छोरो भएकाले सानैदेखि परिवारको माया पाएका व्यक्तित्व हुनुभएको; उहाँका बुबा कानपुरका मुस्लिमसँग व्यापारिक कारोवार गर्ने हुँदा उर्दु भाषाका ज्ञाता रहनुभएका र बुबा तथा हजुरबुबाले रामायणका श्लोक वाचन गरेको सुनेर शान्तदासमा पनि लय तथा कलाचेतनाको विकास भएको; यति पढिसके मिठाइ खान पाइन्छ भन्ने लोभ देखाएर शान्तदासलाई पढाउने बुबाको शैलीको राम्रो प्रभाव उहाँमा परेको; माइला बा भन्ने गुरुसँग सुरुमा शिक्षा हासिल गरेका र पछि जे.पी.स्कुलमा भर्ना हुनुभएका, २००५–६ सालतिर नगलस्थित पुस्तकालयमा देवकोटाका कृतिहरू पढेर दीक्षित हुनुभएका; बी.ए.प्राइभेटबाट उत्तीर्ण गरेपछि विद्यालयमा अध्यापन थाल्नुभएका; चीनमा भ्रमण गर्न गएका बखत प्रा.वि. शिक्षक भनेर परिचय दिई शिक्षण पेसाप्रति गौरवबोध गर्नुभएको; २००४ सालतिरै ‘धर्माेदय’ पत्रिकामा नेवार भाषाका साहित्य पढेर आपूmले पनि लेख्नुभएको, ‘हु एम आई’ निबन्ध लेखेर चर्चा कमाउनुका साथै तीनओटा निबन्धसङ्ग्रह प्रकाशित भएका, कथा कोसेली भाग सातसम्म प्रकाशित भएका, उहाँको ‘पानीको कथा’ पढेर त्यसैको प्रभावमा डम्बरबहादुर नेपालीलले नेपालमै लगानी तथा विज्ञता जुटाइ चिलिमे जलविद्युत आयोजना निर्माण गर्नुभएको, ५० भन्दा बढी साहित्यका कृति शान्तदासका प्रकाशित भएका, रुम टु रिड संस्थाबाट २०० कृतिको सम्पादन उहाँले गर्नुभएको, लुसुनका कृतिको मात्र होइन डेनमार्कका चर्चित साहित्यकारका कृतिको पनि नेपालीमा अनुवाद गर्नुभएका उहाँले २०३६ सालमा बालपोषको सम्पादन गर्नुभएको, बालकोसेलीको सम्पादन जीवनपर्यन्त गर्नुभएको, नवआलोक प्रौढ पत्रिकाको सम्पादन पनि गर्नुभएका उहाँ आफैँ चित्र कोर्ने र रेडियो सगरमाथाबाट रेडियो प्रस्तुति दिने कुशल प्रस्तोता पनि हुनुभएको; आकर्षक र बेजोड प्रस्तुतिशैलीका धनी उहाँ नेपाली बालसाहित्यका सिद्धान्तकार व्यक्तित्व पनि हुनुभएको धारणा राख्नुभयो । त्यसैगरी बालबालिकाको रुचि, आत्मसम्मान बुझ्ने, कोसेली प्रकाशन चलाउने र साहित्य एवम् राजनीतिक सङ्गठक पनि रहनुभएका उहाँ बालबालिकालाई ठुलाले सम्मान गर्नुपर्छ र उनीहरूले पनि सिक्छन् भन्ने मान्यता राख्ने; युद्धप्रसाद मिश्र, श्यामप्रसाद शर्मालाई बालसाहित्य लेख्न प्रेरित गर्ने, बालसाहित्यमा प्रगतिवादी चिन्तन समावेश गर्ने परम्परा नबसेको तत्कालीन अवस्थामा प्रगतिशील र वैज्ञानिक चिन्तनलाई सूक्ष्मढङ्गले घुसाउने काम पनि शान्तदासले गर्नुभएको छ । समाजको विकासका लागि असल विचार बोकेर साहित्य लेखिनुपर्छ, कला र विचारको सुन्दर समन्वय गर्नुपर्छ भन्ने मान्यता राख्ने उहाँको साढे सात दशकको साधनामा जहिल्यै पनि विभेद, शोषण, उत्पीडनको सदैव विरोध गर्नुभएको देखिन्छ भन्ने धारणा राख्नुभयो ।
आजको यो विशेष समारोहमा तेरजना बालकविले आआफ्ना अत्यन्त सुन्दर एवम् उत्कृष्ट रचना वाचन गर्नुभएको छ भने नौजना प्रौढले बालबालिकाका लागि लेखिएका त्यस्तै सुन्दर सिर्जना वाचन गरिएका छन् । सबै रचनामा सामाजिक विकृति, विसङ्गति, युवापलायनका पीडा अभिव्यक्त भएका छन् । त्यसैले साहित्य सन्ध्याको आजको यो विशेष समारोह उत्कृष्ट रहेको छ भन्ने धारणा राख्नुभयो ।


समारोहका अध्यक्ष राम विनयले यो विशेष समारोमा निमन्त्रणा स्वीकार गरिदिएर उपस्थित भइदिनुहुने विशिष्ट व्यक्तित्वहरू, शान्तदास मानन्धरको नेपाली बालसाहित्य तथा समग्र साहित्यमा रहेको योगदानका बारेमा पूर्ण तयारीका साथ उपस्थित भइदिएर विशद परिचर्चा गरिदिनुहुने प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरूलगायत सबै सबै धन्यवादका पात्र हुनुहुन्छ । शान्तदाससँग आपूmले पनि लामो समय सङ्गत गरेको र उहाँ विचार र व्यवहारको तालमेल भएका सादगी व्यक्तित्व रहनुभएको आपूmले पाएको हो । नब्बे वर्षको सक्रिय जीवन बाँचेर बिदा हुनुभएका नेपाली साहित्य र विशेषगरी बालसाहित्यका शिखर व्यक्तित्व शान्तदासको सम्झना र सम्मानमा आयोजना गरिएको र बाइसओटा बालसाहित्यका सिर्जना वाचन भएकामा तेरजना त बालकवि नू प्रत्यक्ष उपस्थित हुनुभएको हुँदा सबैका प्रति आभार व्यक्त गर्दछौँ । आज सुनिएका सिर्जनाले नेपाली समाज र सम्पूर्ण नेपालीले भोगेका पीडा, व्यहोरेका विकृति जीवन्तरूपमा चित्रण गर्ने र आफ्ना सिर्जनाका माध्यमबाट नेपाली समाजको रूपान्तरणको अपेक्षा राखेका छन् । साहित्य सन्ध्याको अविश्रान्त यात्रामा हामीले सबै सबैबाट पाएको सद्भाव सराहनीय छ, हामी आभार व्यक्त गर्दछौँ । सन्ध्याको ४४७ औँ शृङ्खलामा पनि कुने समसामयिक विषयमा छलफल तथा बहस गर्नेगरी उपस्थितिका लागि निमन्त्रणा गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *