साहित्य सन्ध्यामा ‘संविधान बनाऊ’ तेस्रो शृङ्खला विशेष कविगोष्ठी

रमेश पोखरेल, काठमाडौँ
मितिः २० ७१।११।२

साहित्य सन्ध्याको ३४६ औँ कार्यक्रम फागुन २ गते शनिवार अपराह्न १ बजे ‘आर. आर. क्याम्पस’ प्रदर्शनी मार्गमा ‘संविधान बनाऊ’ विशेष कविगोष्ठीका रूपमा सम्पन्न भयो । साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको अध्यक्षता र शीतल गिरीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष गोष्ठीमा अतिथिका रूपमा वरिष्ठ साहित्यकार रामप्रसाद प्रदीप, प्राज्ञ माधव प्रधान, सभासद् एवम् साहित्यकार शान्ता मानवी, प्राज्ञ विष्णु प्रभात, वरिष्ठ कवि कणाद महर्षि उपस्थित हुनु हुन्थ्यो ।

image

image

गोष्ठीको प्रारम्भमै सञ्चालक शीतल गिरीले मुलुकमा व्याप्त वेथितिका विरुद्धमा र रूपान्तरणका पक्षमा अभियान सञ्चालन गरि रहेको साहित्य सन्ध्याको यो नियमित मासिक गोष्ठी एक प्रकारको कार्यशाला हो र यहाँ नयाँ तथा पुराना स्रष्टालाई एकै थलोमा उभ्याएर सिक्ने सिकाउने समेतको कार्य गरिने प्रचलन रहेको छ तर आज मुलुकमा संविधान नबनेर देखिएको अस्थिरताका विरुद्धमा अब स्रष्टाले आफ्नो कलमका माध्यमबाट खबरदारी गर्नु पर्छ भन्ने मान्यताका साथ ‘संविधान बनाऊ’ विषयक दबाबमूलक विशेष कविगोष्ठीको तेस्रो शृङ्खला आयोजना गरिएको जानकारीका साथ हाम्रो निम्ता स्विकार गरी उपस्थित हुनु हुने सबैलाई स्वागत छ भन्दै कार्यक्रमको थालनी गर्नु भयो ।

image

गोष्ठीमा कविहरू ओमप्रसाद कोइराला, मुकुन्द न्यौपाने, गोपाल नेपाल, विन्दा पाण्डे, पुनाराम गिरी, नवराज श्रेष्ठ, भोलानाथ सुवेदी, गोपालकुमार मेनाली, नारायण निराशी, माधव प्रधान, अतीन्द्र दाहाल, कल्पना काफ्ले, कणाद महर्षि, राममणि ढुङ्गेल, जनक घिमिरे, डम्बरध्वज लिम्बू, गणेशकुमार जिसी, पुष्पराज जोशी, पुण्य गौतम ‘विश्वास’, रामप्रसाद प्रदीप, श्यामराज पाठक, तेजप्रसाद भण्डारी, कृष्णदेव रिमाल, बेटी बज्राचार्य, गोविन्दप्रसाद आचार्य र रमेश पोखरेलले आआफ्ना कविता, गीत गजल प्रस्तुत गर्नु भयो ।  

image

गोष्ठीको समापन गर्दै अध्यक्ष रमेश पोखरेलले साहित्य सन्ध्या सामाजिक सांस्कृतिक रूपान्तरणको सशक्त अभियान चलाइ रहेको संस्था भएकाले देशमा जब जब सङ्कट आइ पर्छ स्रष्टाले आफ्ना सिर्जनाका माध्यमबाट कस्सिएको दबाब दिनु पर्छ भन्ने मान्यता राख्ने र सोही अनुसारको कार्य सम्पादन गर्ने कार्य यसले गर्दै आएको छ । यसले सदैव नयाँ र पुराना पुस्तालाई एकै थलोमा भेला गर्छ र सिक्ने सिकाउने कार्य गर्छ । अहिले चाहिँ मुलुकलाई निकास दिने संविधान बन्नु जरुरी छ भन्ने दबाब दिन आजको गोष्ठीलाई ‘संविधान बनाऊ’ विशेष कविगोष्ठीको तेस्रो शृङ्खलाका रूपमा सम्पन्न गर्ने उद्देश्यले कविहरूलाई निमन्त्रणा गरिएको र आज वाचित जम्मा छब्बिस ओटा प्रायः सबैले संविधान बनाउने दबाब दिने अभिप्राय राखेका, सबै कवितामा समसामयिक समय बोध गर्दै रूपान्तरणको आग्रह स्पष्ट रूपमा गरिएको देखिन्छ । यो अभियानलाई संविधान नबनेसम्म जारी राखिने र अबका कार्यक्रम सडकमै गरिने जानकारीका साथ आइ दिनु हुने सबै सबैमा हार्दिक धन्यवाद भन्दै गोष्ठीको समापन गर्नु भयो ।

image

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *