साहित्य सन्ध्या पुरस्कार तथा सम्मान घोषणा

साहित्य सन्ध्याको मिति २०७८ साउन ९ गते शनिबार बसेको कार्यसमितिको बैठकले २०७७ सालका ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ सन्ध्याका प्रदान गर्न उपाध्यक्ष रमेश पोखरेलको संयोजकत्वमा श्री विधान आचार्य र श्री यशोदा अधिकारी सदस्य रहेको स्रष्टा चयन समितिले गरेको सिफारिसका आधारमा देहायबमोमिका स्रष्टा एवम् व्यक्तित्वलाई प्रदान गर्ने निर्णय गरेको छ । यी सबै पुरस्कार तथा सम्मान यही २०७८ भदौ १२ गते शनिबार अपराह्न १ बजे नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपतिज्यूको प्र्रमुख आतिथ्यमा जुम क्लाउड मिटिङका माध्यमबाट आयोजना गरिने विशेष समारोहमा अर्पण गरिने छ ।

नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्नुभएको, नेपाली समाजको समग्र रूपान्तरणका लागि सिर्जना, वैचारिक सङ्गठन, समाजसेवा र जनपरिचालनका माध्यमबाट विशिष्ट योगदान गर्नुभएको हुँदा अनिता लामालार्इ २०७७ सालको रु.१५,०००।– राशिको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गर्ने निर्णय भएको छ । त्यसैगरी, साहित्य सन्ध्याले हरेक महिनाको पहिलो शनिबार अपराह्न १ बजे सञ्चालन गर्ने गोष्ठीमा प्रत्यक्ष सहभागी भई वर्षभरिका जम्मा गोष्ठीमध्ये सबैभन्दा बढी गोष्ठीमा सहभागी स्रष्टाहरूमध्येबाट प्रगतिवादी साहित्य सिर्जनाका माध्यमबाट नेपाली समाजको सामाजिक रूपान्तरणका पक्षमा विगत साढे तीन दशकदेखि अविच्छिन्न साधनारत रहनुभएका डा.राजेन्द्रप्रसाद अधिकारीलार्इ २०७७ सालको रु.५,०००।– राशिको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ द्वारा सम्मानित गर्ने निर्णय भएको छ । नेपाली जनताका सेवामा अविच्छिन्न समर्पित भइरहनु भएका डा. शेषराज आचार्य (दीक्षित)ले आयुर्वेद चिकित्सा र नेपाली साहित्यका क्षेत्रमा अमूल्य योगदान गर्नुभएकाले २०७७ सालको रु.१०,०००।– राशिको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’ द्वारा सम्मानित गर्ने निर्णय भएको छ । २०६४ सालमा काठमाडौँको गोकर्णमा संयुक्त अपाङ्ग एकता आबाज केन्द्रको स्थापना गरी अपाङ्गता भएका, अनाथ बालबालिकाको शिक्षादीक्षा, स्वास्थ्य र लालनपालनमा आपूmलाई समर्पित गरी हाल ४८ जना बालबालिकालाई आश्रय दिनुभएका दिलबहादुर कार्कीलाई २०७७ सालको रु.१०,०००।–(दश हजार) राशिको ‘साहित्य सन्ध्या–कृष्णचन्द–बालकुमारी पुरस्कार तथा सम्मान’ द्वारा सम्मानित गर्ने निर्णय भएको छ । त्यस्तै, प्रतीक ढकालले नेपाली साहित्यका विविध विधामा कलम चलाउनुका साथै नियात्रा विधाका दशओटा कृति नेपाली नियात्रासाहित्यमा भण्डारण गरी साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरण अभियानमा विशिष्ट योगदान गर्नुभएकाले २०७७ सालको ‘साहित्य सन्ध्या–हरिप्रिया–हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान’ द्वारा सम्मानित गर्ने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *