स्रष्टाद्वारा विकलाङ्ग भण्डारीलाई सहयोग

राजधानीमा आयोजित एक समारोहका बीच विकलाङ्ग नागरिक क्षेत्रबहादुर भण्डारीलाई सहयोग हस्तान्तरण गरियो । मिडिया एजेन्सीको सभाकक्षमा आयोजित कार्यक्रममा स्रष्टा जगदीश्वर पोखरेलले नगद रु. ११ हजार सहित २६ हजार ५ सय बराबरको १०० प्रति आफना पुस्तकहरू हस्तान्तरण गर्नु भयो ।

 1

मिडियाकर्मी शिशिर सापकोटाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि डा. जीवन अधिकारीले मन्तव्य दिँदै डा.जीवन अधिकारीले सहयोग गरेकामा धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले आफूले समेत समेत सहयोग गर्ने वचन दिनुभयो ।

 2

समाजसेवी, पत्रकार एवम् मिडियाकर्मीहरूको सहभागितामा भएको समारोहमा स्रष्टा जगदीश्वर पोखरेलले विकलाङ्ग भण्डारीलाई फूमाला पहिराई श्रद्धा प्रकट गर्नु भएको थियो । उहाँ आफ्नो सङ्क्ष्प्ति मन्तव्यका क्रममा सानै भए पनि विकलाङ्ग एवम् असहाय व्यक्तिलाई सहयोग गर्न पाउँदा आफूलाई हर्षि लागेको बताउनु भयो ।

 3

अर्का स्रष्टाा टङ्कराज लिम्बुले साहित्यकारबाट भएको सहयोग स्तुत्य छ र अरूले पनि सहयोगको हात बढाउन् भन्ने अग्रह गर्नु भयो ।

 4

त्यस अवसरमा स्रष्टा शिशिर सापकोटाले पनि रु १ हजार मूल्य बराबरका कृतिहरू प्रदान गर्नु भएको थियो । उक्त सङक्षिप्त कार्यक्रममा प्रताप राना मगरले स्वागत र सन्दिप झझल्कोलेसञ्चाल गर्नुभएको थियो ।

मधुमेयका कारण दुइटै खुट्टा काटिएका ५& वर्षीय विकलाङ्ग भण्डारी परिवारबाट समेत परित्यक्त भएपछि टेकुस्थित अम्बे कम्प्लेक्सको भ¥याङ्मा बस्दै ह्वील चियर गुडाएर पत्रपत्रिका एवम पुस्तक बेची गुजारा गर्दै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *