अभिनवको गजल विशेष कार्यक्रम

राजधानीमा क्रियाशील अभिनव साहित्य समाजले हरेक महिनाको अन्तिम शनिबार सञ्चालन गर्दै आएको विविध साहित्यिक कार्यक्रममध्ये १५० औँ शृङ्खला अर्न्तर्गत ०७१ श्रावण ३१ गते गजल विशेष कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा वरिष्ठ समालोचक डा. कृष्ण दाहालको प्रमुख आतथ्यता रहेको थियो सहभागीहरू मध्ये पागल यात्री, मानन्धर अभागी, प्रदीप रत्न शाक्य, प्रकाश वस्नेत गफाडी, उर्मिला पन्त, शारदा पराजुली, सुष्मा श्रेष्ठ, ऋृचा, विन्दा तिवारी, अच्युत पौडेल, चिरञ्जीवी दाहाल, रामचन्द्र दहाल, डिल्लीप्रसाद दाहाल, श्याम भावुक, शीतल गिरी, युवराज मैनाली, बाजुराम पौडेल मेनका पोखरेल लगायत ३४ जनाले रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा वाचित रचनाहरूको सङ्क्षिप्त
समीक्षा परशुराम पराजुलीले गर्नुभएको थियो । वाचित रचनामध्ये सरस्वती ढुङ्गाना, इन्दु अंशु, गीतमञ्जरी र सुदेश सत्याललाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिएको छ । कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष वेदमणि घिमिरेले गर्नुभएको थियो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *