सविता राणालाई साहित्य सन्ध्या–मन पुरस्कार

दिवङ्गत मधुकर राणा तथा कमला राणाकी सुपुत्रीका रूपमा भूमिहीन एवम् विपन्न परिवारमा जन्मिएर पनि सानैदेखि अनुशासित, लगनशील, व्यवहारिक, इमानदार, निष्ठावान् मात्र होइन अरू विद्यार्थीका लागि पनि अनुकरणीय व्यवहार प्रदर्शन गर्दै सबैकी प्रेरणाकी स्रोतसमेत बन्न सफल हुनुभएकी मनोहर मा.वि, सामाखुसी, काठमाडौँमा कक्षा १२ मा अध्ययनरत छात्रा श्री सविता राणालाई २०७३ सालको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरिने भएको छ । उक्त पुरस्कार तथा सम्मान २०७४ भदौ ३ गते अपराह्न १ बजे राष्ट्रिय नाचघरमा आयोजित विशेष समारोहमा अर्पण गरिने छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *