सुनकोसी साहित्य प्रतिष्ठानको वसन्त काव्यगोष्ठी सम्पन्न

मिति २०६९।०१।०९
रमेश पोखरेल, बनेपा

आज ९ गते अपराह्न १ बजे बनेपामा सुनकोसी साहित्य प्रतिष्ठानले वसन्त काव्यगोष्ठीको आयोजना गर्‍यो। उक्त विशेष समारोहको अध्यक्षता सुनकोसी साहित्य प्रतिष्ठानका का.वा. अध्यक्ष मोहन दुवालले गर्नु भएको थियो भने कमलमणि दीक्षित, प्रतिष्ठानका संस्थापक अध्यक्ष कृष्णप्रसाद पराजुली विशिष्ट अतिथि हुनु हुन्थ्यो। प्राज्ञ द्वय विष्णु प्रभात, बूँद राना, व्यथित सिन्धु प्रतिभा सम्मान कोषका अध्यक्ष भारद्वाज मित्र, केदारमान व्यथितकी छोरी कल्पना श्रेष्ठ, व्यथित सिन्धु प्रतिभा सम्मानद्वारा सम्मानित विशिष्ट साधक पूर्णप्रकाश नेपाल ‘यात्री’, लोकार्पित ‘शान्तिको चाहना : क्रान्तिका पाइला’ कविता सङ्ग्रहका स्रष्टा पीताम्बर भ48डारी र समीक्षक रमेश पोखरेल अतिथिका रूपमा आमन्त्रित हुनु हुन्थ्यो।

uploads/sunkoshi-09012069-1.JPG uploads/sunkoshi-09012069-2.JPG

प्रतिष्ठानका सदस्य छविरमण सिलवालको सञ्चालनमा सम्पन्न उक्त विशेष कार्यक्रमका विशिष्ट अतिथि कमलमणि दीक्षितले पानसमा बत्ती प्रज्ज्वलन गरेर समुद्घाटन गर्नु भएको थियो। नेपाली वाङ्मयका साधकहरूको सम्मानमा एक मिनेट मौन धारण गरी सुरु भएको कार्यक्रमका सहभागीलाई प्रतिष्ठानका का.वा. अध्यक्ष मोहन दुवालले स्वागत गर्नु भएको थियो भने कोषाध्यक्ष त्रिलोचन आचार्यले विशिष्ट अतिथिलाई माल्यार्पण गर्नु भएको थियो।

uploads/sunkoshi-09012069-3.JPG uploads/sunkoshi-09012069-4.JPG

नेपाली साहित्यको विशिष्ट सेवा गरे वापत पूर्णप्रकाश नेपाल ‘ यात्री’लाई २०६८ सालको रु. दश हजार राशि सहितको व्यथित सिन्धु प्रतिभा सम्मान तथा प्रमाण पत्र विशिष्ट अतिथि कमलमणि दीक्षितले प्रदान गर्नु भएको थियो। सम्मानित प्रतिभा पूर्णप्रकाश नेपाल ‘यात्री’को व्यक्तित्वका बारेमा प्राज्ञ विष्णु प्रभातले प्रकाश पार्नु भएको थियो। व्यथित सिन्धु पुरस्कार स्थापना तथा सम्मानका बारेमा उक्त पुरस्कार कोषका अध्यक्ष भारद्वाज मित्रले प्रकाश पार्नु भएको थियो। सम्मानित प्रतिभा पूर्णप्रकाश नेपाल ‘यात्री’ले आफू अब इतिहास हुन लागेको तर सम्मानित र ख्यातिप्राप्त स्रष्टाका नामबाट स्थापना गरिएको सम्मानले सम्मानित गर्नु भएकोमा भने खुसी लागेको र नेपाली साहित्यको खोज, अनुसन्धान गर्ने दायित्व अब युवाहरूको रहेको धारणा राख्नु भयो।

uploads/sunkoshi-09012069-5.JPG uploads/sunkoshi-09012069-6.JPG

सोही समारोहमा सिन्धुपाल्चोकका कवि पीताम्बर भ48डारीद्वारा लिखित शान्तिको चाहना : क्रान्तिका पाइला शीर्षकको कविता सङ्ग्रह विशिष्ट अतिथि कमलमणि दीक्षितले विमोचन गर्नु भएको थियो भने उक्त कविता सङ्ग्रहका बारेमा समीक्षक रमेश पोखरेलले टिप्पणी गर्नु भएको थियो। कृतिका स्रष्टा पीताम्बर भ48डारीले सङ्ग्रहबाट एउटा कविता वाचन गर्नु भयो।

uploads/sunkoshi-09012069-0.JPG

सोही समारोहमा सुनकोसी साहित्य प्रतिष्ठानको नयाँ कार्य समिति मोहन दुवालको अध्यक्षतामा बनेको र समितिमा डा.ओमवीरसिंह बस्न्यात, छविरमण सिलवाल, रमेश खकुरेल, भारद्वाज मित्र, ललिता दोषी, त्रिलोचन आचार्य लगायत रहनु भएको जानकारी समेत गराइयो र संस्थापक अध्यक्ष कृष्णप्रसाद पराजुलीले मोहन दुवाल सक्रिय व्यक्ति भएकाले पनि संस्थाको समुन्नतिमा यो कार्य समिति लाग्ने विश्वास व्यक्त गर्नु भयो र शुभ कामना दिनु भयो।

दोस्रो सत्रको रूपमा वसन्त काव्यगोष्ठी सम्पन्न गरियो र यस सत्रमा प्राज्ञ बूँद रानाले अध्यक्षता गर्नु भयो। लोक गायक …. सापकोटा, मोहन दुवाल, रमेश खकुरेल, रामप्रसाद देउजा, नर्मदेश्वरी सत्याल, मातृका पोखरेल, एकपाल घिसिङ, राम विनय, रत्न उप्रेती, शारदाप्रसाद शर्मा, बालकवि रमल घले, चिरिच्याट्ट धिताल, ल73मी घिमिरे, नारायण निराशी, पु48य गौतम, यदुनाथ वसन्तपुरे, राजीव वाशिष्ठ, शीतल गिरी, भुवनहरि सिग्देल, निर्भीक राई, जगन्नाथ आचार्य, डिल्लीराज अर्याल, गणेश गुरागाईँ, अविरल ओझेल, त्रिलोचन आचार्य, ब्रह्मप्रिय प्रेमस्वरुप, ल73मण तिमिल्सीना, प्रेम सिलवाल, कृष्णप्राद सत्याल र रेणुका भट्टराईले आआफ्ना गीत, कविता, गजल, हाइकु वाचन गर्नु भएको थियो।

गोष्ठी अध्यक्ष बूँद रानाले सबै उपस्थित साहित्यकारलाई धन्यवाद दिँदै सभा विसर्जन गर्नुअघि अत्यन्त समसामयिक र मार्मिक दुई गजल र एक कविता वाचन गर्नु भयो।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *