साहित्य सन्ध्याको ३ सय९२औ शृङ्खलामा बाल कवि गोष्ठी र बाल साहित्य चर्चा भयो।

डा ध्रुब घिमिरेले नेपालको बाल साहित्यको अवस्था र कार्यदिशा बारेमा चर्चा गर्नु भयो। बाचित कवितामा समालोचक रमेश शुभेच्छुकले समिक्षा गर्नु भएको थियो।
साहित्य सन्ध्याको आजको बाल साहित्य चर्चा र कवि गोष्ठीमा अध्यक्ष राम बिनय बाट बाल कबिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

डा ध्रुब घिमिरे ,जयन्ती स्पन्दन,गंगा पौडेल ,प्रजिसा सत्याल,प्रलिसा अधिकारी,लालिता दोषी,प्रबिसा रेग्मी,अदिती श्रेष्ठ ,रिषी राम,संजिता थापा ,डम्बर घिमिरे ,अदिती आचार्य ,गणेश घिमिरे “मार्मिक ” जिबिता कुंवर,मधुमाया राई,कुन्जन लुइँटेल ,रीमा पराजुली ,अस्तित्व घिमिरे ,गोबिन्द नेपाल ,खेम दाहाल लगायत बाल,युवा र पाका जेष्ठ कबिहरुले कबिता,गीत,लघुकथा पाठ गर्नु भएको थियो।

साहित्य सन्ध्याका सद्स्य देबु लुइँटेलको उदघोषण तथा सद्स्य जयन्ती स्पन्दन,उपाध्यक्ष रमेश पोखरेल र सदस्य रुपक अलंकारको ब्यवस्थापनमा संचालन भएको कार्यक्रममा साहित्य सन्ध्याको प्रकाशन शब्द संयोजन मासिक पत्रीका सहभागीहरुलाई उपलब्ध गराइएको थियो।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *