मन्त्री पण्डितद्वारा अनुशासित एबं सच्चा निजामती कर्मचारी भएर देश र जनताको सेवामा समर्पित हुन निर्देशन

आज मिति २०७५/११/०४ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले नेपाल सरकारका नव नियुक्त शाखा अधिकृतहरुको ३ महिने सेवा प्रवेश आधारभूत प्रशासन प्रशिक्षण ( Basic Administration Training) कार्यक्रमको एक समारोहबीच औपचारिक रुपमा समापन गरेको छ |

उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय लाल बाबु पण्डितले अनुशासित एबं सच्चा निजामती कर्मचारी भएर देश र जनताको सेवामा समर्पित हुन निर्देशन दिदै संघीयता कार्यान्वयन गर्न नव प्रवेशी शाखा अधिकृतहरुको उल्लेख्य भूमिका रहने कुरामा जोड दिनुभयो | आजदेखि दीक्षित राष्ट्र सेवकहरु प्रशिक्षणबाट प्राप्त ज्ञान तथा सीपहरु जनताहरुलाई छिटो-छरितो, गुणात्मकयुक्त, चुस्त सेवा प्रवाह गर्नमा उपयोग हुनेमा विश्वास भयो | ब्यबहार बिनाको ज्ञान काम नलाग्ने भएको उल्लेख गर्दै राष्ट्रको परिबर्तनलाई जिम्मेवारिपूर्बक बहन गरी आफ्नो पदको गरिमा उच्च राख्न वहाँले सुझाब दिनुभयो| सोही समारोहमा प्रशिक्षार्थीहरुलाई माननीय मन्त्रीज्यूले पुरस्कार, पदक तथा प्रमाण पत्र वितरण गर्नुभयो |

कार्यक्रममा प्रशिक्षण दौरानमा खिचिएको प्रशिक्षार्थीहरूको बिभिन्न क्रियाकलापहरू समेटिएको वृतचित्र प्रदर्शन गरिनुका साथै ३३औं आधारभूत प्रशासन प्रशिक्षणका सहभागीहरुद्वारा हस्ताक्षर गरिएको मूल्य-मान्यता प्रतिको प्रतिबद्धताको सहभागीहरुद्वारा पूर्णवाचनसहित सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरुलाई प्रतिष्ठानका कार्यकारी निर्देशकमार्फत् हस्तान्तरण गरियो | उक्त कार्यक्रममा प्रशिक्षार्थी अधिकृतहरुका रचनाको संगालो ‘सृजनाका फूलहरु‘ माननीय मन्त्रीज्यूबाट विमोचन गरिएको थियो |

समारोहका सभाध्यक्ष नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक श्री पुण्य प्रसाद न्यौपानेले प्रशिक्षार्थीहरुलाई बधाई दिंदै निजामती कर्मचारीले वास्तविक प्रतिस्पर्धा इमान्दारितामा ,अनुशासनमा , सदाचारितामा देखाई समग्र कार्य सम्पादनमा प्रतिबिम्बित गराउनु पर्नेमा जोड दिनुभयो | देशको परिबर्तित सन्दर्भलाई दृष्टिगतगरी परिमार्जनसहितको पाठ्यक्रमबाट नव नियुक्त अधिकृतहरुलाई दीक्षित गराइको जानकारी गराउनुभयो | कार्यक्रमको समापन गर्दै उपस्थित सम्पूर्ण अतिथिहरू, पत्रकारहरू,दीक्षित अधिकृतहरू र प्रतिष्ठानका कर्मचारीहरूलाई धन्यवाद ब्यक्त गर्नुभयो|
कार्यक्रममा प्रतिष्ठानको सार्वजनिक सेवा प्रशिक्षण बिभागका विभागीय प्रमुख तथा बरिष्ठ अध्ययन निर्देशक श्री नारायण गोपाल मलेगोले सबैलाई स्वागत गर्दै प्रशिक्षणको समीक्षा गर्नुभएको थियो | वहाँले प्रशिक्षणका विभिन्न विधा अन्तर्गत अभ्यासमूलक प्रशिक्षण बिधिहरु, अतिरिक्त क्रियाकलापहरू, देश-दर्शन कार्यक्रम लगायतका कार्यहरुले प्रशिक्षार्थीहरुलाई भविष्यमा आफ्नो कार्य क्षेत्रमा गइ काम गर्न सजिलो हुनेमा बिश्वाश गर्नुभयो | निजामती सेवालाई बिभिन्न आक्षेपहरू लाग्ने गरेको स्मरण गराउँदै अहिलेको परिवर्तित सन्दर्भमा सिकेका ज्ञान तथा सीपहरू ब्यबहारमा लागू गर्नु प्रमुख दायित्व भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रशिक्षार्थीहरुकोतर्फबाट बोल्दै प्रशिक्षार्थीद्वय श्री शिला अधिकारी र दीपक घिमिरेले प्रतिष्ठानको अविभाकत्व प्रति हार्दिक आभार ब्यक्त गर्दै प्रशिक्षणका बिषयबस्तुहरू लगायतका बिभिन्न अतिरिक्त कृयकलापहरू अविस्मरणीय एबं जीवनशैलीलाई प्रत्यक्ष र परोक्ष प्रभाव पार्ने रहेको बताउँदै निजामती सेवा प्रति प्रतिबद्ध हुने अठोट गर्नु भयो |
उक्त कार्यक्रमका अतिथिहरूमा राष्ट्रिय न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक माननीय तप बहादुर मगर, परराष्ट्र मन्त्रालयका सहसचिव श्री मणि भट्टराई, उपमहालेखा परीक्षक श्री ईश्वर नेपाल र सार्वजनिक वित्त व्यवस्थापन केन्द्रका प्रमुख श्री दामोदर रेग्मीले सम्बोधन गर्नु भएको थियो । जम्मा १७२ प्रशिक्षार्थी संख्या रहेको यस प्रशिक्षणमा पुरुष १२७ र ४५ महिलाको सहभागिता थिए जसमध्ये सरकारी वकील १७,न्याय ३५, कानून ८, लेखा ६२,लेखा परीक्षण १०, राजश्व ३५ र परराष्ट्र समूहका ५ जना सहभागीहरु थिए | कार्यक्रमको संचालन प्रतिष्ठानका अध्ययन निर्देशक श्री तुलसी शरण सिग्देलले गर्नु भएको थियो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *