रमेश पोखरेल, काठमाण्डु २०७६।१०।१०
माघ १० गते शुक्रवार अपराह्न ठिक ३ बजे जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा जनसांस्कृतिक महासङ्घको व्यवस्थापन र जनसाहित्य लेखक सङ्घ, नेपालको आयोजनामा विगत पाँच वर्षभन्दा बढी समयदेखि अविच्छिन्नरूपमा सञ्चालन भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ६४ औँ शृङ्खलामा समकालीन चेतनाका प्रखर कवि डा.विप्लव ढकालका एक दर्जन कविता गुञ्जिए ।
जनसाहित्यि लेखक सङ्घ, नेपालका संयोजक राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समाराोहमा साहित्यकार, गीतकार, सङ्गीतकार माननीय डा.विजय सुब्बा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो भने अतिथिका रूपमा कविनायकका बुबा तोयानाथ ढकाल, आमा पुष्पकुमारी ढकाल, जीवन सङ्गिनी डा.पद्मा आर्याल, प्राज्ञ श्याम तमोट, प्राज्ञ नमुना शर्मा, प्राज्ञ नन्दु उप्रेती, प्राज्ञ शशी लुमुम्बू, डा.नेत्र एटम, डा.मधुशूदन गिरी, वरिष्ठ कविहरू स्नेह सायमी र भीष्म उप्रेती, साहित्यकार डम्बर पहाडी, सहयोगी कविहरू मोमिला र फुलमान बललगायत उपस्थित हुनुहुन्थ्यो ।
सङ्घका सदस्य होमराज श्रेष्ठको व्यवस्थापन सहयोगमा सञ्चालित उक्त विशेष समारोहमा काव्य विभाग संयोजक डा.विन्दु शर्माले कार्यक्रमको सञ्चालन गर्दै डा.विप्लव ढकाल समकालीन चेतनाका प्रखर कवि हुनुभएकाले आजको यो विशेष एवम् नियमित समारोहमा उहाँका एक दर्जन कविता सुन्ने र तिनमाथि टिप्पणी गर्ने कार्यक्रम राखी यहाँहरूलाई नियमन्त्रणा गरिएकोमा आइदिनु हुने सबैलाई हार्दिक स्वागत गर्दछु भन्नु हुँदै कविनायकको सङ्क्षिप्त चिनारीसमेत प्रस्तुत गर्नुभएको थियो ।
समारोहका प्रमुख अतिथि माननीय डा.विजय सुब्बालाई सभाध्यक्ष राम विनयले माला लगाई स्वागत गर्नुभएको थियो भने प्रमुख अतिथिले कविनायक विप्लव ढकाल, उहाँका बुबाआमा र जीवनसङ्गिनीलाई माला लगाएर सम्मान गर्नुभयो । कविनायक विप्लव ढकालले कविता रचनाको गर्भका बारेमा समेत सङ्क्षिप्त प्रकाश पार्दै जनसाहित्य लेखक सङ्घ, नेपालले विगत पाँच वर्षभन्दा बढी समयदेखि अविच्छिन्नरूपमा सञ्चालन गरिरहेको यो विशेष कार्यक्रममा, विशेष मञ्चमा आपूmलाई स्थान दिएर कविता सुनाउने अवसर प्राप्त भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । आपूmले साहित्य सिर्जना गर्नथालेको पैँतिस वर्ष भइसक्दा पनि आफ्नै बुबाआमालाई समेत राखेर कविता सुनाउन पाइएको थिएन तर आज त्यो संयोग पनि परेको छ र मलाई गर्ववोध पनि भएको छ भन्नुहुँदै ‘तिनीहरू राँके भूत होइनन्’, ‘एक अञ्जुली भानुभक्तहरू’, ‘च्यातिएको झोलाभित्र’, ‘कलधारामा पानी आयो’लगायत शीर्षकका शक्तिशाली दसओटा कविता वाचन गर्नुभएको थियो भने सहयोगी कविहरू मोमिला र फुलमान बलले एक एकओटा कविता वाचन गर्नुभयो ।
प्रमुख अतिथि माननीय डा.विजय सुब्बाले आजको यिो विशेष समारोहमा आपूmलाई प्रमुख अतिथिको रूपमा उपस्थित भएर अहिलेको समयका सशक्त कवि डा.विप्लव ढकालका एक दर्जन कविता सुन्ने अवसर प्राप्त भयो, यसका लागि आयोजकलाई धन्यवाद दिन्छु । मलाई डा.ढकालका कविता सुन्दर र सशक्त लागे । हामी स्रष्टाहरूले समाजमा व्याप्त सबै खाले गलत प्रवृत्तिका प्रति खबरदारी गर्नुपर्ने र राम्रा कुराका पक्षमा सकारात्मक सोच राखेर सिर्जना गरी सामाजिक रूपान्तरणका पक्षमा र समृद्ध समाज निर्माणका पक्षमा अझ धारिला सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
समारोहका अध्यक्ष राम विनयले विगत झण्डै साढे पाँच वर्षदेखि अविच्छिन्नरूपमा सञ्चालन भइरहेको ‘अविरल जनसाहित्य यात्रा’मा देशैभरिबाट प्रगतिशील साहित्य सिर्जनामा क्रियाशील रहेका स्रष्टाहरूलाई उपस्थित गराई एक दर्जन कविता सुन्ने र सिर्जनामा निखार ल्याउनुपर्ने अवस्था रहे टिप्पणीका माध्यमबाट स्रष्टालाई सचेत गराउने यो उद्देश्यमूलक यात्राले चौसठ्ठीआँै शृङ्खला आज पार गरेको छ । अहिले दुइटा सङ्गठन एक भएको वेला पनि हो यो र अबका दिनमा पनि यो अभियानलाई निरन्तरता दिइँने छ । आजको यो विशेष समारोहमा हाम्रो निमन्त्रणालाई स्वीकार गरी उपस्थित भइदिनुहुने कविनायक, उहाँका पूज्य बुबाआमा, जीवनसङ्गिनी, प्रमुख अतिथिज्यू, अतिथिहरूलगायत यहाँहरू सबैलाई हार्दिक धन्यवाद दिन्छु । आगामी शृङ्खलामा फेरि अर्काे कोही स्रष्टालाई छनोट गरी कविता श्रवणका लागि आमन्त्रण गर्ने छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभएको थियो ।