उर्वर साहित्य समाजको १८औं श्रृंखला सम्पन्न

१८ ज्येष्ठ, २०७०

त्रिपुरेश्वरको लोकबाजा संग्रहालयमा आज उर्वर साहित्य समाजको १८औं श्रृंखला सम्पन्न भयो । हरेक महिनाको तेस्रो शनिवार श्रृजना र श्रष्टाको सम्मानमा हुँदै आएको यो श्रृंखला आज समाजका अध्यक्ष पारस ढकालको संचालनमा सम्पन्न भयो ।

उक्त कार्यक्रममा सर्जकहरु राम प्रसाद कँडेल, डिल्लिराज अर्याल, जि.बि. आचार्य, गोपाल मैनाली, प्रशान्त खरेल, प्रभाकर पाण्डे, पारश ढकाल लगायतले आ–आफ्ना रचना बाचन गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा अध्यक्ष ढकालले कार्यक्रममा उपस्थित सबैले दिएको माया प्रति आभार ब्यक्त गर्दै र अर्को श्रृंखलामा पाब्लो नेरूदाको वृत्त चित्र प्रस्तुत गरिने बताउँदै सभा बिसर्जन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *