कुलेश्वर आवास परिवार कल्याण संस्थामा युवा कवि मोतीराम भट्टको १५२औ जयन्ती

कुलेश्वर आवास परिवार कल्याण संस्था, साहित्यत्य,कला र संस्कृति समाजको आयोजनामा युवा कवि मोतीराम भट्टको १५२औ जयन्ती एक समारोहका बिच संस्थाको हलमा मनाइयो। कार्यक्रममा कवि गोष्ठी र मोतीराम भट्टको योगदानको बारेमा चर्चा गरियो।

कार्यक्रमको उदेश्य र औचित्य सहित स्वागत मन्तब्यबाट समाजका संयोजक राम बिनयले कार्यक्रमको बारेमा प्रकाश पारे पछि सुरु भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कवि गजलकार ललिजन रावलले गमलाको बिरुवामा जल सिंचन गरि गर्नु भएको थियो।अध्यक्ष लोकनाथ पोखरेलको सभापतित्वमा संचालित कार्यक्रम को उद्घोषण सल्लाहकार बुद्धिमान ढुंगानाले गर्नु भएको थियो।

कार्यक्रमकका प्रमुख बक्ता अतिथी डा देवी नेपालले मोतीराम भट्ट कम समयमा बांचेर धेरै काम गरेर हामी बिच अमर भएको छ।धेरै बांचेकोछ।उस्को महत्वोपुर्ण योगदान सदा स्मरणीय छ भन्नू भयो।

“मोती जयन्तीमा गजल मात्रै बाचन हुने गरेको पाइएकोमा आज विभिन्न प्रकारका कविताहरु सुन्न पाईयो।ज्येष्ठ नागरिक बीचमा भएको यो कार्यक्रमको आफ्नै गरिमा रहेकोछ।मोती राम भट्टको स्मरण गर्न प्रत्येक बर्ष आयोजना गरिने कार्यक्रमले उस्को महानतालाई जनाउछ”-प्रमुख ललिजन रावलले भन्नू भयो।

कबिता बाचन गरेर कार्यक्रमलाई रोचक बनाउने कविहरु :-
अतृप्त पाण्डे ,असीम सागर ,अर्पणा केसी,मुकुन्द नेउपाने, बैरागी जेठा,मिसन अधिकारी,प्रमोद रेग्मी, मथुरा सैजु,डा देवी प्रसाद भुषाल,यमुना प्रधान ,याम्सन प्याकुरेल ,सन्तोष बस्नेत,हिमालचन्द्र बराल,नीलहरी सुवेदी,हेम बिक्रम थापा लगायत हुनु हुन्थो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *