नुवाकोट साहित्य प्रतिष्ठान नेपालले नरेन्द्र वाङ्मय निधि सम्मान प्रा.डा. टीकाराम अधिकारी र प्रभा भट्टराईलाई प्रदान गरेको छ ।
प्रतिष्ठानले यसै वर्षको नरेन्द्रनाथ प्रतिभा पुरस्कार त्रिभुवन विश्वविद्यालयमा मानविकी संकायतर्फ नेपाली विषयमा स्नातकोत्तर तहमा पहिलो हुने गोकुल पोखरेल र नुवाकोटबाट एसएलसी परीक्षा २०७० मा प्रथम हुने छात्रा विविता राउतलाई प्रदान गरेको छ । पोखरेल र राउतलाई क्रमशः २५ र पाँचहजार रुपैँया नगद प्रदान गरिएको थियो ।
सिर्जनामार्फत नेपाली भाषासाहित्यमा गरेको योगदानको कदर गर्दै नरेन्द्रराज पौडेल, कृष्णप्रसाद दाहाल र ललिता दोषीलाई महामण्डल सम्मान,विद्याप्रसाद घिमिरेलाई भक्तबहादुर मिजार स्मृति सम्मान, अरुण नदी खत्रीलाई महामण्डल युवा प्रतिभा सम्मान र शिवकुमारी डंगोललाई समाजसेवी सम्मान प्रदान गरेको छ ।