नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको नयाँ इतिहास रच्न सफल कार्यकारी निर्देशक पुन्य प्रसाद न्यौपानेको सम्मान तथा बिदाइ सम्पन्न
२०७७ असार ०४
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको नयाँ इतिहास रच्न सफल कार्यकारी निर्देशक श्री पुन्य प्रसाद न्यौपानेलाइ प्रतिष्ठानमा १ दशक (दुइ कार्यकाल) सफलतापुर्वक सम्पन्न गरेपछि प्रतिष्ठानले आज एक औपचारिक कार्यक्रमका गरि सम्मान तथा बिदाइ गरेको छ । उक्त औपचारिक कार्यक्रम प्रतिष्ठानका कर्कचारीहरूको सघन उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन गर्ने क्रममा प्रतिष्ठानका अध्ययन निर्देशक बशन्तराज सिग्देलले इतिहासलाइ जहिले पनि सम्मान गर्नुपर्दछ र त्यसको निरन्तरता हामी गर्नेछौं भन्दै न्यौपानेले स्थापित गरेको पदचापको निरन्तरता हामी दिनेछौं भन्नुभयो ।
प्रतिष्ठानकै अध्ययन निर्देशक त्रिलोचन पोखरेलले न्यौपानेको विगतको दुइ कार्यकालको संक्षिप्त समिक्षा गर्दै यसमा भएका उपलब्धिहरूको चर्चा गर्नुभयो । पोखरेलले न्यौपानेको एकदशक लामो कार्यकालमा भएका संस्थागत तथा नीतिगत संरचनामा भएका सुधारहरूको चर्चा गर्ने क्रममा पहिलो कार्यकालले प्रतिष्ठानको यो ऐतिहासिक उचाइको आधार तय गरेको र दोस्रो कार्यकालमा त्यस आधारशिलाको सघन कार्यान्वयन भएकालेनै अहिले प्रतिष्ठान राष्ट्रिय र अन्तरराष्ट्रिय तवरमा पहिचान प्राप्त गर्न सफल भएको उल्लेख गर्नुभयो । यसरी १ दशक भन्दा अघि इतिहासको एक कठिन मोडबाट गुज्रिरहेको प्रतिष्ठान न्यौपानेको सघन र सफल नेतृत्वकै कारणले अहिले सेन्टर अफ एक्सिलेन्सको रूपमा स्थापित हुन सकेको कुरामा जोड दिनुभयो ।
अर्का अध्ययन निर्देशक तुलसीशरण सिग्देलले न्यौपानेको कार्यकालमा नीतिगत मार्ग तय गर्दा जति सघन छलफल र बहस गर्यौं, कार्यान्वयन गर्दा त्यसबाट विचलन नहुनको लागि न्यौपानेको भूमिका कार्यकारीको रूपमा महत्वपुर्ण रहेको बताउँदै संस्कारगत परिवर्तनमा अहम् भूमिका र उत्प्रेरणा र मार्गनिर्देशनको संयोजनकारी भूमिकाको पनि चर्चा गर्नुभयो । त्यस्तै अध्ययन निर्देशक राजेन्द्र अधिकारिले मानिस उन्नत हुँदैजाँदा सहज र सरल हुँदै जान्छ भन्ने छाप न्यौपानेले दिएको भन्दै न्यौपानेको आदर्श, पेशागत जुझारूपन, क्रियाशिलता र नर्चरिङ् प्यारेन्टको स्वभावकै कारणले प्रतिष्ठानमा फरक रूपको प्रजातन्त्रिक संस्कार विकाश गर्न संभव भएको चर्चा गर्नुभयो ।
प्रतिष्ठानका बरिष्ठ अध्ययन निर्देशक विष्णु प्रसाद लम्सालले न्यौपानेको कार्यकालको विगत १ दशकमा गौरवको उचाइ प्राप्त गर्दै खास समयको खास उचाइ प्राप्त गर्न सफल भएकोमा बधाइ दिँदै कामको शिलशिलामा न्यौपानेबाट प्राप्त उत्प्रेरणा, मार्गनिर्देशन र सल्लाह प्रति आभार ब्यक्त गर्दै हाम्रो कामको मूल्याङ्कन भोलिको इतिहासले पक्कै गर्नेछ भन्नुभयो । त्यसैगरि अर्का बरिष्ठ अध्ययन निर्देशक कमल नयन प्रधानले न्यौपानेलाइ १ दशक लामो कार्यकाल सफलतापृवक सम्पन्न गर्न सफल भएकोमा बधाइ दिँदै १ दशक भन्दा अघिको प्रतिष्ठानको कठिन मोडको समरण गर्दै न्यौपानेकै सफल नेतृत्वले प्रतिष्ठानलाइ बिगतको त्यो अवस्थाबाट अहिलेको उचाइमा ल्याउन सफल भएकोमा बधाइ दिनुभयो साथै उहाँको संघटनलाइ अघि बढाउन र स्पष्ट दिशा दिँदै गति प्रदान गर्न कर्मचारीहरूको रचनात्मकतालाइ उजागर गर्दै हौसला दिने कार्यशैलीको मुक्तकंठले प्रशंसा गर्नुभयो ।
त्यस्तै आफ्नो मन्तव्यको क्रममा प्रतिष्ठानका उपकार्यकारी निर्देशक नारायण गोपाल मलेगोले न्यौपानेको सफल नेतृत्वको लागी प्रतिष्ठानका सम्पुर्ण कर्मचारीहरूलाइ बधाइ दिँदै उहाँको पहे देखिकै कार्यशैली, नेतृत्व क्षमता र कार्यप्रतिको स्पष्टताको बारेमा चर्चा गर्नुभयो । त्यस्तै न्यौपानेको संस्थामा परिवर्तन ल्याउनुपर्छ भन्ने दृढता र कार्यशैली अनि त्यसको लागि अहिलेको अवस्थाबाट हुन सक्दैन र त्यसको लागि ब्रेकथ्रु हुनुपर्दछ भन्ने मान्यताको चर्चा गर्दै कर्मचारीहरूलाइ संस्थाको हितमा कृय गर्दा सुरक्षण दिने शैलीको पनि चर्चा गर्नुभयो ।
कर्मचारीहरूको तर्फबाट न्यौपानेको कार्यकालको प्रगति सम्बन्धि आफ्नो अनुभव, सहकार्य गर्दाका अनुभुतिहरू तथा शुभकामना संदेशहरू दिने कर्मचारिहरूमा शैलजा उपाध्याय, सुन्दर श्रेष्ठ, अनिता पौडेल, देवि दत्त भट्ट, नविन चापागाइ, भवानी पौडेल, गिताञ्जली उपाध्याय, एन्तोभ्ना ज्ञवाली, चाँदनी कायस्थ, सुरेन्द्र चित्रकार, प्रतिभा ढुङ्गाना, झविन्द्र भण्डारी, प्रिथा पौडेल, अजित सापकोटा, शिवहरी अधिकारी, अनुप भुर्तेल र ताराप्रसाद खरेल हुनुहुन्थ्यो । सम्पुर्ण वक्ताहरू तथा कर्मचारीहरूले श्री न्यौपानेको सफलकार्यकालको बधाइ दिँदै सुस्वास्थ्य, सक्रियता र दीर्घ जिवनको कामना गर्दै प्रतिष्ठान सँगको सहकार्यको निरन्तरताको पनि आशा गर्दछौं भन्नुभयो ।
विदाइ कार्यक्रमा मन्तव्य राख्दै न्यौपानेले सबै कर्मचारीहरूको अन्तरमनको शुभकामनाबाट हामि निथ्रुक्क भिजेका छौं भन्नुभयो । यस प्रतिष्ठानमा प्रवेश गर्दा गर्दै मैले गरेको प्रतिष्ठानलाइ बनाउने दृढ निश्चय अहिले तपाइहरूको अनुभुति सुनेपछि पुरा भएको महसुस गरेकोछु भन्नुभयो । उहाँले संस्था बनाउन सबैभन्दा पहिले मानवस्रोत चाहिन्छ भन्ने मान्यता लिएर बजारमा उपलब्ध सर्वोत्कृष्ट ब्राण्ड मात्रै प्रतिष्ठानमा प्रवेश गर्नु पर्छ भन्ने सोचाइले पुर्णता प्राप्त गर्दै अहिले यो उचाइ लिन सकेको हो भन्नुभयो । त्यसैगरि कुनैपनि संस्थाको गती समयसापेक्ष हुनुपर्छ भन्दै समयको गतीसँग नेतृत्व र संस्थाको गती मिल्नु पर्दछ भन्दै उहाँले यो सफलता र उचाइ म एक्लै भन्दा पनि मेरो टिम र वर्कफोर्सको कारणले गर्दा भएको हो भन्दै हामीले रचना गरेको यो इतिहासको सर्जक तपाइहरूनै हो र त्यसको जगेर्ना हामिलेनै गर्नु जरूरी छ भन्नुभयो । त्यस्तै न्यौपानेले हामीले ब्यक्तिभन्दा पनि प्रणाली विकाश गरेका छौं भन्दै हामी यो उचाइमा एकपछि अर्को र्इंटा थप्दै आइपुगेका हौं भन्नुभयो । अन्त्यमा उहाँले म तपाइहरूको साथमै रहनेछु, सद्भाव र शुभकामनाको पनि निरन्तर अपेक्षा गर्दछु भन्नुभयो ।
कार्यकारी निर्देशक न्यौपानेको साथमा उहाँकी जीवनसङ्गिनी अञ्जु न्यौपानेलाइ पनि सम्मान गरिएको थियो ।

