राष्ट्रकवि खण्डकाव्य विमोचित

काठमाण्डु, २०६९।०६।०७

दीपेन्द्र अधिकारीद्धारा लिखित राष्ट्रकवि खण्डकाव्य आज नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा एक कार्यक्रममा विमोचन भएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको ९४ औ जन्मोत्सवको अवसरमा कवि दीपेन्द्र अधिकारीद्धारा आयोजित कार्यक्रममा राष्ट्रकवि घिमिरे र साहित्यकार मोदनाथ प्रश्रितले संयुक्तरूपमा सो पुस्तक विमोचन गर्नुभएको हो ।

कवि घिमिरेको जन्मउत्सव कवि घिमिरेद्वारा पानसमा दिप प्रज्वलन गरि तथा कवि दीपेन्द्र अधिकारीद्वारा राष्ट्रकवि घिमिरेलाइ माला लगाइदिएर मनाइएको थियो । उक्त कार्यक्रममा प्रा. डा. बासुदेव त्रिपाठी, राष्ट्रकवि माधब घिमिरे, कविपत्नि श्रीमती महाकाली घिमिरे, डा. मोदनाथ प्रश्रित, प्रा.डा. माधव पोखरेल, सह प्रा. मुकुन्द नेपाल, प्रभा भट्टराइ, देवी नेपाल लगायतको उपस्थिति रहेको थियो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *