साहित्य सन्ध्याको नियमित मासिक ३७५ औँ शृङ्खला

रमेश पोखरेल, काठमाडौं

साहित्य सन्ध्याको नियमित मासिक ३७५ औँ शृङ्खला साउन ७ गते शनिवार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौँमा सन्ध्याका अध्यक्ष राम विनयकोे अध्यक्षतामा सम्पन्न भयो । वरिष्ठ आख्यानकार प्रदीप नेपालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहका अतिथिहरूमा वरिष्ठ माक्र्सवादी चिन्तक निनु चापागाईँ, वरिष्ठ पत्रकार मोहन मैनाली, प्रा.देवीप्रसाद सुवेदी, डा.षडानन्द पौड्याल, डा.इशान गौतम, नियात्राकार पोष चापागाईँ, वरिष्ठ कवि रामबहादुर पहाडी, प्रगतिशील लेखक सङ्घका वरिष्ठ सचिव पुण्य गौतम ‘विश्वास’, स्रष्टा समाज नेपालका अध्यक्ष अतृप्त पाण्डेय उपस्थित हुनुहुन्थ्यो । उक्त विशेष गोष्ठीमा कुशल नियात्राकार पोष चापागाईँद्वारा लिखित ‘पानीको भाषा’ नियात्रासङ्ग्रहको प्रमुख अतिथि प्रदीप नेपाल र सभाध्यक्ष राम विनयले लोकार्पण गर्नुभएको थियो ।

लोकार्पित नियात्रासङ्ग्रह ‘पानीको भाषा’माथि समीक्षात्मक टिप्पणी गर्नुहुँदै प्रा.देवीप्रसाद सुवेदीले यो नियात्रासङ्ग्रह आफ्नै खालको रहेको छ । लेखक जहाँ जहाँ जान्छन् त्यो ठाउँमा देखेका कुरालाई छोटा वाक्यमा सुन्दरढङ्गले लेख्छन् र पाठकलाई त्यहीँ पुर्याइदिन्छन् अनि आफ्नो जन्मभूमि भोजपुरको दिङ्लासँग तुलना गर्छन् । नियात्रासङ्ग्रहको यो सफल पक्ष हो भने यात्रा गरेको ठाउँमा विशेषतायुक्त जानकारी पाठकले प्राप्त गर्ननसक्नु चाहिँ अलिकति खट्किने पक्ष हो भन्नुभयो ।

वरिष्ठ माक्र्सवादी चिन्तक निनु चापागाईँले नेपाली कम्युनिष्ट आन्दोलनका शीर्षस्थ धरोहर पुष्पलालको स्मरण गर्नुहुँदै प्रजातान्त्रिक र वामपन्थी विचार बोक्नेको सहकार्यका माध्यमबाट रूपान्तरण सम्भव छ भन्ने, व्यवहारवादी तर स्वाभिमानी पुष्पलालको नेपाली कम्युनिस्ट आन्दोलनमा अतुलनीय योगदान रहेको धारणा राख्नुभयो । विमोचित नियात्रासङ्ग्रहले सरल भाषामा, छोटा वाक्यमा आफूले भ्रमण गरेको ठाउँको जानकारी दिने र आफ्नो जन्मभूमिसँग तुलना गरेर विकास गर्न नसकिएको पक्षलाई उजागर गर्ने काय गरेको हुँदा लेखकलाई धन्यवाद छ भन्नुभयो । वरिष्ठ पत्रकार मोहन मैनालीले सुन्दर कृतिको लोकार्पण भएकोमा सराहना व्यक्त गर्नुभयो र साहित्य सन्ध्यामा वाचित कविताले उठाएका विषय समसामयिक रहेको तर कसै कसैले सबै पत्रकार गलत भन्ने अर्थ लाग्ने कविता सिर्जना गर्नुभएकोमा भने सबैलाई एउटै डालोमा हाल्न नमिल्ने धारणा राख्नुभयो ।

नियमात्राकार पोष चापागाईँले मेरो जीवन नै नियात्रा हो, म आपूm पुगेको ठाउँका बारेमा नलेखी बस्न सक्दिन तर पहिले लेख्न गारो, त्यसपछि प्रकाशन गर्न गारो, फेरि बिक्री त्यतिकै गारो छ । लेखक उत्साहित हुुने वातावरण रहेको छैन । म हरेक महिना सम्पन्न हुने साहित्य सन्ध्यामा नियात्रा लेखेर ल्याउन लेखकहरूलाई आग्रह गर्दछु र छानिएको एउटा नियात्रालाई हरेक महिना रु.१,०००।– पुरस्कार दिन्छु । यो पुरस्कारलाई स्थायित्व दिन साहित्य सन्ध्यासँग समन्वय गरेर अक्षय कोषको व्यवस्थासमेत गर्छु भन्ने जानकारी दिनुभयो । अघिल्लो साहित्य सन्ध्यामा नै लेखकहरूलाई जानकारी गराइएको भए पनि आजको गोष्ठीमा राम विनयले मात्र नियात्रा लेखेर ल्याउनुभएको हुँदा उहाँलाई रु.१,०००।– पुरस्कार अर्पण गर्नुभयो र सो रकम साहित्य सन्ध्याको कोषमा जम्मा गर्न राम विनयले कोषाध्यक्ष गोपाल मैनालीलाई हस्तान्तरण गर्नुभयो ।

गोष्ठीमा कवितावाचनको थालनी बालकवि प्रयत्ना सिलवाललले गर्नुभएको थियो भने अन्य कविहरूमा मुकुन्द न्यौपाने, भोलानाथ सुवेदी, असीम सागर, अभ्यस्त यात्री, गोविन्द आचार्य, यशोदा अधिकारी, रामबहादुर पहाडी, प्रमोद स्नेही, पञ्चकुमारी परियार, गोपाल नेपाल, अतृप्त पाण्डेय, गणेश मार्मिक, चूडा निर्भीक, कात्यायन, डा.षडानन्द पौड्याल, रिमा के.सी., केपी ढकाल, पुण्य गौतम ‘विश्वास’, डम्बर पहाडी, रचना दाहाल, हिमालचन्द्र बराल, गायत्री चापागाईँ, नारायण निरासी र रिचाले आआफ्ना कविता, गीत गजल वाचन गर्नुभएको थियो ।

वाचित कवितामाथि समीक्षक विनोद मन्जनले टिप्पणी गर्नुहुँदै वाचित २६ ओटा कवितामध्ये केही उत्तम, केही मध्यम र केही निम्न स्तरका कविता रहेका; कविहरूले कविता भनेको विम्बमा बोल्नुपर्ने कलात्मक अभिव्यक्ति हो भन्ने कुरामा ख्याल राख्नुपर्छ भन्नुभयो । बिपी कोइरालाले काङ्ग्रेस र वामपन्थीको सहकार्यका माध्यमबाट प्रजातन्त्र स्थापित गर्नसकिन्छ भन्ने मान्यतालाई अस्वीकार गर्नुभयो तर पुष्पलालले त्यही मान्यता अवलम्बन गर्नुपर्छ भन्नुभयो । यस अर्थमा आजको दिनमा पुष्पलाल र उहाँको विचार सफल भएको पुष्टि भएको धारणा राख्नुभयो ।

प्रमुख अतिथि प्रदीप नेपालले साहित्य सन्ध्या पञ्चायती कालरात्रिमा पनि सत्ताका दुष्कर्मको विरोध गथ्र्याे भने अहिले पनि कविहरू सत्ताका दुष्कर्मका, समाजका विकृतिका विषय कवितामा उठाइरहनुभएको छ, यो स्वभाविक पनि हो । सामाजिक रूपान्तरणका लागि कविहरूको यो खबरदारी आवश्यक छ । आज लोकार्पित कृतिले एउटा स्रष्टा कुनै ठाउँमा भ्रमणमा गइसकेपछि त्यस ठाउँका बारेमा र त्यहाँको विशेषताका बारेमा जानकारी दिने र पछि त्यस क्षेत्रमा जानेका लागि सजिलो पारिदिने काम गर्छ । यस कृतिमा पनि त्यही काम गरिएको छ र अझ यसमा आफ्नो मातृभूमिसँग तुलना गरेर हाम्रो ठाउँ विकसित पार्न नसकिएको प्रति चिन्ता जाहेर गरिनु कुशल शैलीको द्योतक हो भन्नुभयो ।

गोष्ठीकी अध्यक्ष प्राज्ञ राम विनयले समाजका रुढि र अन्धविश्वासलाई समाप्त नपार्दासम्म र महिला र पुरुषको बराबरी सहभागिता नहुँदासम्म समतामूलक समाज निर्माण हुन सक्तैन भन्ने मान्यता बोकेर अभियान चलाइरहेको साहित्य सन्ध्याको यो विशेष समारोहमा आज कुशल नियात्राकार पोष चापागाईँको नियात्रासङ्ग्रह ‘पानीको भाषा’ लोकार्पण गर्ने र परिचर्चा गर्ने कार्य गरिएको छ । त्यसैगरी आजको गोष्ठीमा २६ ओटा रचना वाचित भएका छन् । यी कविता, गजल तथा गीतमा देशले भोगेका गम्भीर समस्या उजागर भएका छन्, राष्ट्रियताको भाव गम्भीररूपमा उठाइएको छ र रचनामा परिष्कार हुँदै गएको आभास भएको धारणा राख्नुभयो । आमन्त्रण स्विकार गरी स्थापितदेखि नयाँ पुस्ता आइदिनुभयो, प्रमुख अतिथि, अतिथिहरू आइदिनुभयो, सबैलाई हार्दिक धन्यवाद छ भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *