हास्यकलाकर्मी सम्मानित, गाईजात्रे फित्कौली लोकार्पण

राजधानीमा आयोजित हास्यव्यङ्ग्यः हिजो आज भोलि नामक विशिष्ट समारोहका बीच हास्य कलाकार ध्रुव हाडा, मदनकृष्ण र हरिवंशलाई सार्वजनिक सम्मान अर्पण गरियो । समारोहमा हास्यकलाकर्मी किरण केसीको व्यक्तिगत आयोजनामा सम्पन्न समारोहमा हास्यव्यङ्ग्य कलाकर्मी र स्रष्टाहरूको बाक्लो जमघट थियो ।

 4

नेपाली हास्यकलाका तिनवटै क्षेत्र अभिनयकला, कार्टुनकला र लेखनकला सम्बन्धी चर्चापरिचर्चाका बीच नरनाथ लुइँटेलद्वारा सम्पादन एवम् प्रकाशन हुँदै आएको नेपालकै एक मात्र हास्यव्यङ्ग्य पत्रिका फित्कौलीको ३& औँ अङ्क गाईजात्रा विशेष– २०७० सामुहिक लोकार्पण गरिएको थियो ।

 2

समारोहमा हास्यव्यङ्ग्य कला सिर्जना केन्द्रित हुँदै यादव खरेल, रामकुमार पाँडे, राजेश केसी, करिस्मा मानन्धर, दिपकराज गिरी, शिवहरि पौडेल, केदार घिमिरे (माग्ने बुढा) र कनकमणि दीक्षितले मन्तव्य दिनुभएको थियो । हास्यव्यङ्ग्य स्रष्टा लक्ष्मण गामनागे र शैलेन्द्र सिंखडाले सामयिक विषयमा गरिएका सशक्त कविता प्रस्तुत गर्नुभएको थियो ।

 1

किरण केसीले सम्मानपत्र र दोसल्ला प्रदान गर्नुभए पछि सम्मानित हास्यकर्मी ध्रव हाडाले मन्तव्यकै क्रममा आफूले दशकौँ पहिले प्रस्तुत गरेका प्रहशनहरूको स्मरण गर्नु भएको थियो । त्यसै गरी हरिवंश आचार्यले किरण केसीसँगका साँच्चि नै हाँस उठ्दा प्रसङ्गहरू प्रस्तुत गर्दा दर्शक दीर्घा पेट मिचीमिची हाँसेका थिए । अर्का सम्मानित हास्यकर्मी मदनकृष्ण श्रेष्ठले देश अत्यन्त सङ्कटग्रस्त बन्दै गएकोमा चिन्ता जाहेर गर्दै हास्यव्यङ्ग्य कलाकारको काँधमा अझ बढी जिम्मेवारी आएको बताउनुभयो ।

 3

समारोहमा प्राय सबै वक्ताले कलाकारलाई कलाकारले सार्वजनिक सम्मान गर्ने नयाँ परम्पराको थालनी गरेकामा हास्यकर्मी किरण केसीलाई बधाइ ज्ञापन गरेका थिए । समारोहको सञ्चालन हास्य कलाकार लय सङ्ग्रोलाले गर्नु भएको थियो ।

5

Leave a Reply

Your email address will not be published. Required fields are marked *