​’प्रलेस परिसम्वाद कार्यक्रम’ शृंखला – ७ सम्पन्न

प्रगतिशील लेखक सङ्घ, नेपालको आयोजना मा प्रत्येक महिनाको पहिलो शुक्रबार आयोजना हुने ‘प्रलेस परिसम्वाद कार्यक्रम’ अन्तर्गतको शृङ्खला – ७ मा यही २०७४ साल साउन ६ गते “पुष्पलालका साहित्यिक चिन्तन ” विषयमाथि छलफल कार्यक्रम गरियो । छलफलका प्रमुख अतिथि वक्ता राजनीतिकर्मी लोकनारायण सुवेदी हुनुहुन्थ्यो । समालोचक निनु चापागाईं, राजनीतिकर्मी रामबहादुर भण्डारी , साहित्यकार राम विनयले पनि पुष्पलालका साहित्यिक चिन्तनका बारेमा विविध कोणबाट आ-आफ्ना महत्त्वपूर्ण धारणा राख्नुभएको थियो । छलफल कार्यक्रममा साहित्यकारहरु हरिगोविन्द लुइँटेल , रणेन्द्र बराली , केशव खड्का , डा. विन्दु शर्मा , कृष्णहरि भट्ट , रचना शर्मा , केशव खड्का आदिले पनि आ- आफ्ना विचारहरु प्रस्तुत गर्नुभयो ।
परिसम्वाद कार्यक्रमको औचित्यमाथी संयोजक डा. पुष्करराज भट्टले प्रकाश पार्नुभएको थियो ।

प्रगतिशील लेखक सङ्घ, नेपालका अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन महासचिव आर.एम. डङ्गोलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *