पूर्वसचिव डा. राजन खनालद्वारा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदभार ग्रहण

मितिः २०७७ असार ०८,
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा निवर्तमान कार्यकारी निर्देशक पुन्यप्रसाद न्यौपानेको गत बिहिबार विदाइ भएपश्चात गत बुधबार मन्त्रिपरिषदको निर्णयअनुसार नियुक्त नयाँ कार्यकारी निर्देशक डा. राजन खनालले आज औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । उनले पदभार ग्रहण पर्नपूर्व प्रतिष्ठानका कर्मचारीहरूले एक औपचारिक कार्यक्रम गरि स्वागत गरेका थिए । उक्त कार्यक्रममको संचालन गर्दै प्रतिष्ठानका अध्ययन निर्देशक बशन्तराज सिग्देलले नयाँ नेतृत्व, नयाँ विचार र नयाँ कार्यशैलीका साथ हामी अघि बढ्नुपर्ने हुन्छ भन्ने बताउँदै अब हामीले आफूलाइ नेपाल सरकारको थिंक ट्यांकको रूपमा निर्माण गर्दै जानुपर्ने आवश्यकता रहेको बताए ।


कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशक विष्णु प्रसाद लम्सालले बधाइ तथा तथा स्वागत गर्दै प्रतिष्ठानमा सकारात्मक सोच भएका कर्मचारीहरू रहेको र प्रतिष्ठानलाइ अझै नयाँ उचाइमा लान चाहेमा सकिने अवस्था छ भन्ने बताए । त्यस्तै अर्का वरिष्ठ अध्ययन निर्देशक कमल नयन प्रधानले बधाइ तथा शुभकामना ब्यक्त गर्दै निवर्तमान कार्यकारी न्यौपानेको कार्यकालमा प्रतिष्ठानले एक उचाइ प्राप्त गर्न सफल भएको र उनको कार्यकालमा पुरा हुन नसकेका महत्वपुर्ण कार्यहरू डा. खनालको पालामा पुरा गर्दै कार्यकाल सफल रहोस् भन्ने कामना व्यक्त गरिन् ।


बधाइ तथा स्वागतकै क्रममा प्रतिष्ठानका उपकार्यकारी निर्देशक नारायण गोपाल मलेगोले संपुर्ण कर्मचारीको तर्फबाट हार्दिक बधाइ तथा स्वागत गर्दै प्रतिष्ठानले प्राप्त गरेको उचाइलाइ कायम राख्दै नयाँ नेतृत्व, नयाँ सोच र भिजन सहित नयाँ उचाइ प्राप्त गर्नेछ भन्ने बताउँदै प्रतिष्ठानको उन्नयन र प्रगतिको लागि हार्दिक शुभकामना ब्यक्त गरे ।


पदभार ग्रहण पछिको पहिलो कार्यकारी निर्देशन दिँदै नवनियुक्त कार्यकारी निर्देशक डा. खनालले हाम्रो जस्तो एकेडेमिक संस्थामा भौतिक अवस्थाको विकाश, जनशक्तिको क्षमता विकाश र हाम्रो लक्षित समूहको क्षमता विकाश हाम्रा लागि महत्वपूर्ण रहने बताउँदै यस प्रतिष्ठान प्रति सरकारको ठुलो आशा रहेकाले यसलाइ एकेडेमिक कोर्ष सञ्चालन गर्ने दिशा तिर लैजाने प्रयास गर्नुपर्ने औंल्याए । त्यसैगरी सुधार आफैबाट गर्नुपर्छ भन्दै यो संस्थाको सरकारसँगको सम्बन्ध असाध्यै पहत्वपुर्ण हुन्छ भन्ने बताउँदै संघीय संरचना अनुसारको प्रणालीमा मिल्नसक्ने गरि दक्ष र निपुर्ण सरकारी र सार्वजनिक संस्थाका कर्मचारीहरूको क्षमता विकाश गरिनुपर्ने बताए । साथै प्रतिष्ठानले सरकारको नीतिगत परामर्शमा पनि ध्यान दिनुपर्ने बताउँदै नमोबुद्धमा निर्माण गर्न प्रस्ताव गरिएको प्रतिष्ठानको भौतिक संरचना निर्माण सम्पन्न गर्नु आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धि रहने बताए ।
डा. खनालले नेपाल सरकारको सचिवको रूपमा विभिन्न समयमा प्रतिष्ठानको औपचारिक समितिहरूमा संलग्न रहेर कार्य गरिसकेका, २०४९ बाट नेपाल सरकारको सेवा प्रवेश गरेर बिभिन्न मन्त्रालय तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतमा सचिवको जिम्मेवारीमा रहिसकेका तथा नेपालको कर नीतिमा शोध गरि विद्यावारिधी प्राप्त गर्दै संघीय संरचनामा वित्तिय संघीयता कार्यान्वयनमा नेपाल सरकारको लागि उल्लेख्य भूमिका खेलेका छन् ।

Comments are closed, but trackbacks and pingbacks are open.