सन्ध्यामा विशेष कविता वाचन

मितिः २०६८।६।७
रमेश पोखरेल – उपाध्यक्ष, साहित्य सन्ध्या
 
साहित्य सन्ध्याको ३०७ औँ नियमित मासिक कार्यक्रमका रूपमा आज अपराह्न नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा विशेष कविता वाचन गरियो । ठिक १ बजे सन्ध्याका सदस्य भागवत आचार्यको सञ्चालन र राम विनयको अध्यक्षतामा सुरु भएको उक्त विशेष गोष्ठीमा वरिष्ठ प्रगतिवादी साहित्यकार डा. मोदनाथ प्रश्रित प्रमुख आतिथि हुनु हुन्थ्यो भने सिन्धुपाल्चोकका कवि जगन्नाथ आचार्य, वरिष्ठ कवि पूर्णविराम, वरिष्ठ कवि वियोगी बुडाथोकी, ललित बस्नेत ‘भिमाली’ अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।

  

प्रमुख अतिथि डा. मोदनाथ प्रश्रितले हिन्दुले मनाउने दसैँ पर्वले मातृ शक्तिको स्थापना गर्ने पक्षमा वकालत गरेको, अधिकांश जातजातिले कुनै न कुनै रूपमा मनाउने चाड भएकाले हामी नेपाली कसैले पनि एक अर्काका चाडलाई निषेध होइन सम्मान गर्ने परम्पराको थालनी गर्नु पर्ने धारणा सहित विजया दशीमी, तिहार तथा छठको शुभ कामना दिनु भयो ।  

  

गोष्ठीमा जगन्नाथ आचार्य, नेत्र न्यौपाने, देवी नेपाल, पूर्णविराम, पुष्कर भट्ट, टङ्क गैरे, निर्भीक राई राजकुमार शर्मा, प्रशान्त खरेल, अतृप्त पाण्डे, मातृका पोखरेल, अच्यूत घिमिरे, मनोज कल्पित, रमेश गौतम ‘पाल्पाली’, ईश्वर दाहाल ‘सिन्धुले’, ललित बस्नेत ‘भिमाली’, चन्द्रप्रसाद न्यौपाने, उमा मिश्र, युगदर्शन हुमागाईँ, सोझो गाउँले, बाबु त्रिपाठी, दीपेन्द्र अधिकारी, शैलेन्द्र अधिकारी, राजेन्द्रकुमार आचार्य, गोपाल नेपाल, सरु आस्था, नारायण निराशी, रूपक अलङ्कार र पुरु लम्सालले आआफ्ना कविता, गीत, गजल, लघुकथा वाचन गर्नु भयो ।

समारोहका अध्यक्ष राम विनयले साहित्य सन्ध्याले विजया दशमी,तिहार तथा छठ समेतको शुभ कामना दिँदै हिन्दुहरूले मनाउने चाडका विषयमा सकारात्मक र नकारात्मक धारणा रहेका सन्दर्भमा चाडका सम्बन्धमा राख्नु पर्ने जानकारी र चाडलाई सम्मान गर्नु पर्ने विषयमा वरिष्ठ साहित्यकार एवम् संस्कृतिविद् डा. मोदनाथ प्रश्रितलाई आमन्त्रण गरिएको जानकारीदिनु हुँदै आगामी महिनामा पनि यस्तै केही विशेष कार्यक्रमको आयोजना गरिने र सबैलाई निम्ता गरिने जानकारी पनि दिनु भयो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *