सृजना र स्रष्टाको सम्मानमा एक अर्को सृङ्खला सम्पन्न

मितिः २०६९।०५।१६

उर्वर साहित्य समाजको ११औं सृङ्खला आज लोकबाजा संग्रालयको कक्षमा सम्पन्न भयो । किरण दर्पणको संचालनमा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्ष उर्वर साहित्य समाजका अध्यक्ष पारश ढकाल थिए । प्रमुख अतिथि अतृप्त पाण्डेयको सम्मानमा गरिएको उक्त कार्यक्रममा सम्मानित स्रष्टाले आफ्नो संग्रहबाट ३ वटा कविता वाचन गर्नुभएको थियो । अतिथि प्रा. कृष्णराज ढकालले वाचित तिनैवटा कविताको समालोचना गर्दै कवितामा जनतालाइ पवनको रूपमा देखाउँदै वास्तविक परिवर्तनकामीहरूको आवश्यकता छ भन्ने देखाइएको र संग्रहका सबै कविताहरू यथार्थमा आधारित छन् भन्नुभयो ।

अर्का अतिथि क्रान्तिकारी कवि पुर्णविरामले कविता वाचन गरेको उक्त कार्यक्रममा सम्मानित कवि पाण्डेयले आफ्नो साहित्य यात्राको ४० वर्ष पछि सम्मानित गर्ने संस्था उर्वर भएको र सर्जकले आफु भन्दा राम्रो सृजना गर्नु हुँदैन भन्नु भयो । उक्त कार्यक्रममा प्रशान्त खरेल, ध्रुब घिमिरे, इन्द्रजित शर्मा चौंलागाइ, भिमप्रकाश सुनुवार, गोपाल नेपाल, असिम सागर, नारायण भण्डारी, प्रभाकर पाण्डे, प्रमोद स्नेही सुदिप थापा, सिता पङ्गेनी, दिनेश घिमिरे, अमित सुवेदी, शान्ता पन्थि, आर.पि. सृजन, जे.के.एन् खडेरी, एस्.पि. चौंलागाइ, डिल्लिराज अर्याल, किरण दर्पण लगायतले आ–आप्नो कविता वाचन गरेका थिए भने कृष्णराज ढकालले शुभकामना मन्तव्य तथा नारायण जनकपुरीले सम्मानित स्रष्टाको कवितालाइ गीतको रूपमा गाएका थिए । अन्त्यमा सभाध्यक्ष ढकारले आफ्नो कविता वाचनसाथ सहभागिहरूलाइ धन्यवाद दिँदै सभा विसर्जन गरेका थिए ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *