२०८२ फागुन ९ गते शनिबार बिहान ११ बजे वाल्मीकि क्याम्पस, प्रदर्शनीमार्गमा साहित्यकार प्रा.डा. यादवप्रकाश लामिछानेद्वारा लिखित चार कृति र हुमकला पाण्डेद्वारा लिखित एक अनुसन्धानमूलक कृतिको संयुक्त रूपमा लोकार्पण तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थी पुस्तक भण्डारद्वारा प्रकाशित ‘संयोग’ कथासङ्ग्रह, ‘यात्रा रहेछ जिन्दगी’ नियात्रासङ्ग्रह, ‘स्मृतिका पानाहरू’ संस्मरणसङ्ग्रह, ‘फरक सृष्टि फरकContinue Reading

२०८२ फागुन २ गते शनिबार अपराह्न १ बजे आर.आर. क्याम्पस, प्रदर्शनीमार्गमा साहित्य सन्ध्याको नियमित मासिक ४७३ औँ शृङ्खला सम्पन्न भएको छ। कार्यक्रममा ‘प्रगतिवाद र नारीवाद’ विषयमा परिचर्चा तथा विशेष कविगोष्ठी आयोजना गरिएको थियो। साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा तथा कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा समालोचक डा. विन्दुContinue Reading

२०८२ माघ ३ गते शनिबार अपराह्न १ बजे रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा साहित्य सन्ध्याको ४७२ औँ नियमित मासिक शृङ्खला सम्पन्न भएको छ। कार्यक्रममा ‘जेन्जी आन्दोलन र त्यसले मुलुकमा पारेको प्रभाव’ विषयमा परिचर्चाका साथै कविगोष्ठी आयोजना गरिएको थियो। साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विश्लेषक प्रा.डा. सुरेन्द्र के.सी.Continue Reading

वि.सं. २०४४ पुस १९ मा डा. मोदनाथ प्रश्रितको अध्यक्षतामा स्थापना भएको ‘राष्ट्रिय जनसांस्कृतिक मञ्च’ले आफ्नो ३८ वर्षे यात्रा पूरा गर्दै पुस १९ गते शनिबार ‘राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपाल’को ३९ औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ। महासङ्घको सभाकक्ष, बागबजारमा आयोजित उक्त समारोह महासङ्घका कार्यवाहक अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा सम्पन्न भएकोContinue Reading

पुस १२ गते शनिबार अपराह्न १ बजे वाल्मीकि क्याम्पस, प्रदर्शनीमार्गको सभाकक्षमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालद्वारा आयोजित ‘अविरल जनसाहित्य यात्रा’को १०५ औँ शृङ्खला सम्पन्न भएको छ। वि.सं. २०७२ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको यस कार्यक्रमअन्तर्गत यसपटक चिकित्सक तथा प्रगतिवादी कवि डा. सरोज धितालका एक दर्जन सशक्त कविता वाचन गरियो। कार्यक्रम राष्ट्रियContinue Reading

काठमाडौँ। आर.आर. क्याम्पस, प्रदर्शनी मार्गमा शनिवार आयोजित साहित्य सन्ध्याको ४७१ औँ मासिक शृङ्खलामा ‘प्रगतिवाद र उत्तरआधुनिकतावाद’ विषयमा विशद चर्चा र विशेष कविगोष्ठी सम्पन्न भएको छ। कार्यक्रममा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालन रहेको थियो। प्रमुख अतिथि प्रा.डा. रमेशप्रसाद भट्टराईले प्रगतिवाद र उत्तरआधुनिकतावादको ऐतिहासिक र दार्शनिक आधारमाContinue Reading

काठमाडौँ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा दिवंगत कलाकार जीवन आचार्यको ‘जीवनका प्रतिध्वनिहरू’ शीर्षकको एकल कला प्रदर्शनी शनिबारदेखि सुरु भएको छ। प्रदर्शनीको उद्घाटन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, समसामयिक चित्रकला विभाग प्रमुख संजय बान्तवा राई, कलाकारकी जीवनसंगिनी सब्गीता आचार्य र साहित्यकार राजेन्द्र सलभले संयुक्त रूपमा गर्नुभयो। उद्घाटन समारोहमा कुलपति हार्तम्छालीले कला र कलाकारकोContinue Reading

काठमाडौँ। राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालद्वारा सञ्चालित ‘अविरल जनसाहित्य यात्रा’को १०४ औँ विशेष शृङ्खला शनिबार काठमाडौँमा सम्पन्न भएको छ। मङ्सिर १३ गते अपराह्न १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा आयोजित समारोहमा सिन्धुपाल्चोकका प्रगतिवादी स्रष्टा गौरी प्रधानका एक दर्जन कविता वाचन गरियो। साहित्यकार तथा पूर्वमन्त्री शान्ता मानवीको प्रमुख आतिथ्यमा सम्पन्न समारोहकोContinue Reading

काठमाडौँ। साहित्य सन्ध्याको नियमित मासिक ४७० औँ शृङ्खला शनिबार विशेष समारोहका रूपमा सम्पन्न भएको छ। २०८२ मङ्सिर ६ गते अपराह्न १ बजे गुगलमिटमार्फत आयोजित कार्यक्रममा ‘नेपाली प्रगतिशील साहित्यमा ज्येष्ठ नागरिकको योगदान’ र ‘साहित्यमा एआईको प्रयोग’ विषयमा विशद परिचर्चा तथा विशेष कविगोष्ठी सम्पन्न गरियो। राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलकोContinue Reading

काठमाडौँ। राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले सञ्चालन गर्दै आएको ‘अविरल जनसाहित्य यात्रा’को १०३ औँ विशेष शृङ्खला शनिबार काठमाडौँमा सम्पन्न भएको छ। कार्तिक १५ गते अपराह्न १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा आयोजित कार्यक्रममा उदयपुरकी प्रगतिवादी स्रष्टा भवानी खतिवडाका एक दर्जन कविता वाचन गरियो। नेपाली छन्द कवितालाई समृद्ध बनाउने अभियानका अग्रणीContinue Reading