साउन महिना

– मुक्तिनाथ शर्मा

घुम्दै फिर्दै यहा फेरि मैन्हा आएछ साउन
भ्याकुता गीतमा मख्ख नदी लागे सुसाउन
झ्याउकिरी कतै बोल्छन् न्याउली चुपचाप छ
खेत खर्क बगैंचामा हरियाली सुरम्य छ ।

ढाकिएको छ आकाश बादलु दल दौडदा
झल्याक् झुलुक्क भैरन्छ झरीपर्छ यदाकदा
लगातार कुनै दिन रात पुर्ण झरी झरी
खहरे उर्लदा मान्छे हुन्छ थर्थरी।

यता पानी उता पानी, पानी पानी जतातता
हुदा देशै डुबायो कि शंका लाग्ने कता कता
टेलिभिजन रेडियो खबर दिनछन चुनिचुनी
कही बर्षा भयो ज्यादा कही सुख्खा पर्यो भनी ।

खण्ड बृष्टी अति बृष्टी न्यून बृष्टी नभैरहोस्
ठिक्क ठिक्क सबै ठिक्क सधैं सधैं भइरहोस्
चाहना हुन्छ मान्छेको तर प्रकृतिका कुरा
भनेजस्तै नभैदिन्छ दुःख हुन्छ यदाकदा ।

अधिक बृष्टी हो दुख अनाबृष्टी भयंकर
हुदा यो देशका मान्छेहरूमा छ सधैं डर
अति सुख्खा भने प्राय पाल्दैन मास साउन
भारी बर्षा गराएरै खोज्छ यसले सताउन ।

पानी अमृत हो सांच्चै पानीमा हुन्छ जीवन
सदुपयोगले यस्को सप्रन्छ जनजीजन
पानी साधन हो यौटा शक्ती हो यस देशको
धनहो तर भो शत्रु डर भो हा अनर्थ भो ।

पहिरा डाक्छ यो पानी खेत पाखा बगाउछ
नदी कटान यै गर्छ यातायात बिगार्दछ
बाडी उराल्छ निष्फिक्री कही डुबाउने भयो
अस्त व्यस्त अती गर्छ सिंगो समाज डस्छ यो ।

मान्छे मार्दछ खोलाले बगाएर कतै भने
गाउं गाउं डुबाएर नोक्सानै पार्छ पानीले
कैले अभाव यै हुन्छ पानी पाइन्न पिउन
हा हा कार हुने गर्छ गारै पार्दछ जिउन ।

पानी नभै हुदै हुन्न चल्दै चल्दैन जीवन
सुख्खाग्रस्त हुदाफेरि सप्रन्न बिरूवा बन
तसर्थ चाहिने पानी पानी जीनव तत्व हो
हाम्रै अज्ञानले मात्रै पानी शत्रु समान भो ।

घटेमा काम चल्दैन अधीक कष्ट दायक
तसर्थ गर्नपर्नेभो योजना लाभदायक
यस्तो गर्नभने हामी खट्नुपर्छ निरन्तर
खटे बर्दान यर् हुन्छ यहि बन्दछ इश्वर ।

नदी खोला दुबै तर्फ कसि पर्खाल राम्ररी
मजबुत हुनुपर्छ कटान रोकिने गरि
बांध बांधे कही काही बेग रोकिन सक्दछ
जमेको पानी सिंचाइ हुन्छ बिधुत फल्दछ ।

चल्दछन् कलकार्खाना खेती सप्रन्छ निश्चय
माछा पाल्न पनि हुन्छ रोकिन्छ पानीको भय
पिउने पानीको निम्ति ठुला भण्डारमा लगि
राखे हिउद सप्रन्छ सुध्रन्छ जनजीवनी ।

मैन्हा साउन यै भन्छ बुझ्छौं हामीहरू कति
बुझेर केही गर्छौं कि बन्दछौं ग्रैह हिम्मती
सुनेमा कान थापेर सन्देश दिन्छ साउन
पानीको गर सम्मान सुखी राष्ट्र बनाउन ।

पानी बेकारमा बगन दिन हुन्न कतै पनि
व्यर्थै सुक्न पनि हुन्न सोच्नु पर्छ अलिकति
बढि हुदा लुकाएर सांचेर राख्नुपृदछ
अभावमा त्यहि हुन्छ कामयावी सबैतिर ।

घडामा पानी सांचिन्छ ठूला भण्डारमा कतै
सरोवर् पोखरी कहीं ताल बन्छन् कतै कतै
खडेरीमा त्यहि पानी बन्छ अमृत वा धन
पानी वास्तवमा हाम्रो सारै महत्वको धन ।

मैन्हा साउन यै भन्छ चैत वैशाख सोच त
साउने पानी सांचेर चैतमा प्युन पर्दछ ।
भण्डारण गरि पानी सुख्खामा खर्चने गरे
देशै सम्मृध्द बन्नेछ भन्छ साउन मासले ।

(नयाँबानेश्वर काठमाडौं)

1 Comment

  1. Excellent. Truely interdisciplinary. Worth reading and discussing.

Leave a Reply

Your email address will not be published. Required fields are marked *