जनता पुस्तकालयको सातौँ अधिवेशन

धादिङको सदरमुकाम धादिङबेसीमा २०४८ सालदेखि सञ्चालनमा रहेको जनता पुस्तकालयको सातौँ अधिवेशन तथा साधारण सभा गत शनीबार सम्पन्न भयो ।

image

अधिवेशनले पुस्तकालयको अध्यक्षमा देवीप्रसाद अधिकारीको अध्इक्षतामा ११ सदस्सिय कार्य समितिको चयन गरेको छ । अधिवेशनबाट पुर्नगठित कार्य समितिको उपाध्यक्षमा मिलन श्रेष्ठ, सचिवमा गणेश ढुङ्गाना, कोषाध्यक्षमा अमृत अधिकारी र सदस्यहरूमा वाबुराम अधिकारी, इश्वरीप्रसाद अधिकारी, दिपेन्द्र रिजाल, प्रकाश पौडेल, मुरारी अधिकारी, सृजना अर्याल र सरिता श्रेष्ठ चयन हुनु भएको छ ।

image

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य नरनाथ लुइँटेलले शनिवार बिहान अधिवेशनको उदघाटन गर्नुभएको थियो । कार्यक्रममा पुस्तकालयका आजीवन सदस्यहरूका साथै विभिन्न क्षेत्रमा कृयाशील व्यक्तिहरूको आतिथ्य रहेको थियो । कार्यक्रममा पुस्तकालयका पूर्व अध्यक्ष एवम साहित्यकार बद्रीप्रसाद दहाललाई सम्मान समेत गरिएको थियो ।

image

कार्यक्रमका प्रमुख अतिथि लुइँटेलले जनता पुस्तकालयका लागि कृतिहरू उपलव्ध गराएर सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । उहाँले प्रविधिको उच्चतम् प्रयोग गर्दै पुस्तकालयलाई इ(पुस्तकालयको रूपमा समेत स्तरोन्नति गर्न सके धादिङको शैक्षिक एवम् साहित्यिक अग्रगतिमा उल्लेखनीय योगदान पुग्ने बताउनु भयो ।

मोहन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिर्जना अर्याल, सुनिल इटनी, सुरेश अर्याल, अमृत अधिकारी, देवकी अधिकारी, सागर कार्की, गायत्री खतिवडा र गोविन्द बुढाथोकीले आ-आफ्ना सिर्जना वाचन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *