रमेश पोखरेल, काठमाडौं २०७५।०६।०६ साहित्य सन्ध्याको नियमित मासिक ३८८ औँ शृङ्खला यसपटक असोज ६ गते शनिबार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा ‘संस्कृतिमा वैज्ञानिकीकरण चर्चा तथा कविगोष्ठी’ गरी सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको सञ्चालन उपाध्यक्ष रमेश पोखरेलले गर्नुभएको थियो । उक्त विशेषContinue Reading

निर्धन विकास बचत तथा ऋण सहकारी संस्था लि.ले यही भदौ १६ गते शनिबार अपराह्न १.३० बजे शिवशक्ति पार्टी प्यालेस, महादेवस्थान, कोटेश्वरमा नेपाली हिन्दु महिलाको महान् चाड तीजको उपलक्ष्यमा ‘तीज विशेष समारोह’को आयोजना गरियो । संस्थाको शिक्षा उपसमितिको आयोजनामा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता शिक्षा उपसमितिकी संयोजक शारदा कडायतले गर्नुभएको थियोContinue Reading

काठमाडौँ, १० भदौ २०७५ मध्यपूर्व इजरायलमा बसेर कविता सिर्जनाका साथसाथै साहित्य सेवा गरिरहेकी तेह्रथुमकी कवियत्री सुनिता राई कन्दङ्वा आफ्नो पहिलो कविता सङ्ग्रह ‘एक जुवा घाम’ लिएर आएकी छिन् । सानैदेखि कविता लेखनमा अभिरुचि भएकी उनका यसअघि विभिन्न पत्रपत्रिकामा फुटकर कविता प्रकाशित भएता पनि सङ्ग्रह भने पहिलो पटक प्रकाशन भएको होContinue Reading

भदौ ८ गते शुक्रवार अपराह्न ठिक ३ बजे जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा जनसांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा विगत चार वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ४९ औँ शृङ्खला बृहत् उपस्थितिमा भव्यरूपमा सम्पन्न गरियो । नेपाली साहित्यका विशिष्ट विद्वान प्रा.राजेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहकोContinue Reading

साहित्य सन्ध्याको नियमित मासिक ३८७ औँ शृङ्खला यसपटक भदौ २ गते शनिबार अपराह्न ठिक १ बजे सांस्कृतिक संस्थान (नाचघर)को सानो सभाकक्षमा ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गर्ने विशेष समारोहको रूपमा सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको सञ्चालन उपाध्यक्ष रमेश पोखरेलले गर्नुभएको थियोContinue Reading

सृजना तामाङ तथा विकास लामाकी सुपुत्रीका रूपमा अत्यन्त विपन्न परिवारमा काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं.९ (साविक दाप्चा छत्रेबाँझ)मा जन्मिएर पनि सानैदेखि अनुशासित, लगनशील, व्यवहारिक, इमानदार, निष्ठावान् मात्र होइन अत्यन्त मिहिनेती विद्यार्थीका रूपमा चिनिन सफल भई आपूmसरहका अन्य विद्यार्थीकी प्रेरणाकी स्रोतसमेत बन्न सफल हुनुभएकी लर्निङ जोन एकेडेमी, रानीबारी, काठमाडौँकी कक्षाContinue Reading

स्याङ्जा जिल्लाको अर्जुनचौपारीमा माता धर्मकुमारी रोका र बुबा टेकबहादुर रोकाका सुपुत्रका रूपमा मध्यम वर्गीय परिवारमा जन्मिएर पनि भारतको लखनउ र बनारसबाट आयुर्वेदको कायचिकित्सामा उच्च शिक्षा हासिल गरी तीन दशकभन्दा बढी प्राध्यापनका माध्यमबाट र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, आयुर्वेद चिकित्सा परिषद्, आयुर्वेद अस्पताल नरदेवी विकाससमिति जस्ता महत्त्वपूर्ण निकायमा रही उल्लेख्य योगदानContinue Reading

२०४२ सालदेखि हरेक वर्ष प्रदान गरिँदै आएको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ यस वर्ष प्रगतिवादी साहित्यकार, स्तम्भकार एवम् सामाजिक रूपान्तरण अभियानका प्रखर अभियन्ता आनन्दराम पौडेललाई प्रदान गरिने भएको छ । तिस वर्ष निजामति सेवामा सेवा गरी पूर्व प्रशासकसमेत रहेका पौडेल साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणका पक्षमा कलम चलाउने र समसामयिक विषयमाContinue Reading

साउन ११ गते शुक्रवार अपराह्न ठिक ३ बजे जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा जनसांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा विगत चार वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ४८ औँ शृङ्खला बृहत् उपस्थितिमा भव्यरूपमा सम्पन्न गरियो । नेपाली साहित्यका विशिष्ट विद्वान प्रा.डा.चूडामणि बन्धुको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहकोContinue Reading

काठमाडौैँ, साउन १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले “हाम्रो नेपाल ः हामी नेपाली, हामी जनताका सेवक”को प्रतिबद्धता व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीलाई त्यसलाई मूल मन्त्र मान्न आह्वान गर्नुभएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा छमहिने आधारभूत प्रशिक्षण पूरा गरेका अधिकृत तहका नयाँ कर्मचारीका लागि आयोजित दीक्षान्त समारोहलाई आजContinue Reading