सरु पोख्रेलको कथा संग्रह ‘चिसो घाम’ आज सर्वनाम थिएटरमा अन्तराष्ट्रिय नारी लेखन मञ्चले आयोजना गरेको कार्यक्रमा पुस्तक विमोचन गरिएको छ । उक्त कथा संग्रह मञ्चका सल्लाहकारहरु डा. सावित्री कक्षपति, तोया गुरुङ, भागिरथी श्रेष्ठ, माया ठकुरी र डा.ज्ञानु पाण्डे तथा नयनराज पाण्डे र श्रीओम श्रेष्ठले विमोचन गरेका हुन् । विमोचन कार्यक्रममाContinue Reading

नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति गङ्गाप्रसाद उप्रेतीकी ९१ वर्षीया आमा सरस्वता उप्रेतीको निधन भएको छ । अपरान्ह १ बजे पशुपति आर्यघाटमा दिवङ्गत सरस्वताको अन्तिम संस्कार गरिने जानकारी उहाँका जेष्ठ सुपुत्र गङ्गाप्रसाद उप्रेतीले जानकारी दिनु भएको छ । मुटुको समस्याले ग्रस्त सरस्वताको बिगत सातादेखि गङ्गालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचार भैरहेकोContinue Reading

सुरभि साहित्य प्रतिष्ठानको छैठौँ वार्षिक साधारण सभा २०७१ साल श्रावण १७ गते शनिबार सम्पन्न भयो । साधारण सभाले पहिले ९ जनाको नयाँ कार्यसमिति गठन गरेको छ । नव निर्वाचित कार्य समितिमा अध्यक्ष– बाजुराम पौडेल, उपाध्यक्ष– परशुराम पराजुली, सचिव– अच्युत घिमिरे, कोषाध्यक्ष– रामकुमार पण्डित क्षेत्री, सह– सचिव– सुशीला खड्का ‘हसिना’ सदस्यहरूमाContinue Reading

-विप्लव काफ्ले   चितवन, साउन १७ काव्य यात्रामा दुई दशक पार गरिसकेका सिन्धुलिका कवि प्रोल्लास सिन्धुलियले चितवनका साहित्यकारका विचमा कवितावाचन गर्नुभएको छ । हाम्रो मझेरी साहित्य प्रतिस्ष्ठानले गरेको कार्यक्रममा कवि प्रोल्लासले कतै विद्रोहका झिल्का त कतै , प्रखर व्यंग्यचेतको सहारामा कविता वाचन गर्नुभएको थियो । विभिन्न २२ वटा कविता वाचनContinue Reading

अनुपम सिर्जना प्रतिष्ठान नेपालको छब्बीसौँ सिर्जना वाचन श्रृङ्खला श्रावणको १७ गते शनिबार राजधानीको कलङ्कीस्थित एड मार्क कलेज परिसरमा सम्पन्न भयो । कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो प्रतिष्ठानका उपाध्यक्ष भगवती रोका ‘भूमिका’ले । प्रमुख अतिथिद्वारा दीप प्रज्वलन गरी सुरु भएको उक्त कार्यक्रममा नयाँ पुराना दुई दर्जन सर्जकहरूले आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियोContinue Reading

वि.सं. २०७० सालको वासुदेव लुइँटेल पुरस्कार वरिष्ठ व्यङ्ग्य चित्रकार श्री रविन सायमीलाई प्रदान गरिने भएको छ । साउन १४ गते बसेको बासुदेव—विद्यादेव लुइँटेल गुठीको बैठकले सायमीलाई उक्त पुरस्कारले सम्मानित गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि एक लाख एघार हजार एक सय एघार रुपैयाको रहेको छ । बिगत लामो समयदेखिContinue Reading

– रमेश पोखरेल साउन ९ गते शुक्रवार अपराह्न ठिक ३.३० बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घ, बागबजारको सभाकक्षमा महासङ्घकै आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा ‘अविरल जन साहित्य यात्रा – ५’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार ठिक ३ बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारका एकल रचनाContinue Reading

रमेश पोखरेल साहित्य सन्ध्या, काठमाडौँ साहित्य सन्ध्याको ३४० औँ कार्यक्रम साउन ३ गते शनिवार अपराह्न १ बजे ‘आर.आर क्याम्पस, प्रदर्शनी मार्गमा ‘विशेष कविगोष्ठी’ गरी सम्पन्न भयो । शब्द संयोजन साहित्यिक मासिककी सम्पादक एवम् साहित्यकार सुमी लोहनीको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनाली एवम् शब्द संयोजन साहित्यिक मासिकका सम्पादक तथा वरिष्ठ स्रष्टाContinue Reading

नुवाकोट साहित्य प्रतिष्ठान नेपालले नरेन्द्र वाङ्मय निधि सम्मान प्रा.डा. टीकाराम अधिकारी र प्रभा भट्टराईलाई प्रदान गरेको छ । प्रतिष्ठानले यसै वर्षको नरेन्द्रनाथ प्रतिभा पुरस्कार त्रिभुवन विश्वविद्यालयमा मानविकी संकायतर्फ नेपाली विषयमा स्नातकोत्तर तहमा पहिलो हुने गोकुल पोखरेल र नुवाकोटबाट एसएलसी परीक्षा २०७० मा प्रथम हुने छात्रा विविता राउतलाई प्रदान गरेको छContinue Reading

रमेश पोखरेल, काठमाडौँ मितिः २० ७ १।३।७    साहित्य सन्ध्याको ३३९ औँ कार्यक्रम असार ७ गते शनिवार अपराह्न १ बजे ‘आर.आर क्याम्पस, प्रदर्शनी मार्गमा ‘लघु कथागोष्ठी’ गरी सम्पन्न भयो । साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष गोष्ठीमा अतिथिका रूपमा प्रगतिशील लेखकContinue Reading